२०८३ भाद्र ११, बिहीबार
August 27, 2026
२०८३ भाद्र ११, बिहीबार
August 27, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चिकित्सक संघमा डा. अनिलबिक्रम कार्कीको नेतृत्व

प्रकाशित मिति : २०७९ माघ २५ गते

चितवन / नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् । कार्की ३ हजार ५३७ मतका साथ विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे । मंगलबार सम्पन्न मतगणना अनुसार एक जना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ । यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका साथ विजयी भए ।
उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन् । मधेश प्रदेशको उपाध्यक्षमा डा. निरजकुमार सिंह ३०८१ मतका साथ विजयी बने । उनका निकतम प्रतिद्वन्द्वी डा. महेश महासेठले १५७४ मत पाए भने अर्का उम्मेदवार डा. अजयकुमार मिश्रले ११२४ मत ल्याए । बागमती प्रदेशको उपाध्यक्षमा डा. प्रकाश बुढाथोकीले ५३५३ मतका साथ विजय हासिल गरे । उनका प्रतिस्पर्धी डा. सञ्जय ठाकुरले २२१४ मत ल्याए ।
गण्डकी प्रदेशमा डा. राजन शर्माले ३३२२ मतका साथ विजयी बने भने उनका प्रतिस्पर्धी डा. विकास गौचन २३९० मत ल्याए । यस्तै, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा डा. प्रशान्त भट्ट ३३५९ मतका ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी डा. निरज अर्याल २३०८ मत ल्याए । सदस्यहरुमा लोकतान्त्रिक समूहका डा. अमित रञ्जन मिश्र, डा. किशोर खत्री, डा. सृजना विष्ट, डा तेज्सुसिंह मल्ल, डा. युभिन कुमार यादव र प्रगतिशिल समूहकी डा. स्मृती महत विजयी भएका छन् ।
वरिष्ठ उपाध्यक्ष डा. वद्री रिजाल, उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक डा. केशरबहादुर ढकाल, उपाध्यक्ष तथा प्रदेश १ संयोजक, डा विपेश आचार्य, कोषाध्यक्ष डा प्रमोद जोशी, सह–कोषाध्यक्ष डा विक्रान्त ढकाल र सह–सचिवमा डा लिजन महर्जन यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34