Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मुलुकभरका सबै अस्पताल कोभिड अस्पताल : सरकार

प्रकाशित मिति : २०७७ भाद्र ९ गते

काठमाडौं / कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार, यसअघि वर्गिकरण गरिएका लेभल वान, टू र थ्री लगायत सबै अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको छ ।
नियमित सेवा प्रवाह भइरहेका सबै किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा पनि दिनुपर्ने निर्णय गरिएको छ। ‘यसअघि गरिएको निर्णयलाई खारेज गरिएको छ । केन्द्रीय, शिक्षण, प्रादेशिक, जिल्ला अस्पताल र निजी गरि सबैलाई कोभिड अस्पतालमा परिणत गरिएको छ’, उनले भने, ‘यस निर्णयसँगै मुलुकभरका सबैखाले अस्पतालले कोरोना संक्रमितको उपचार गर्नेछन् । कोभिड र ननकोभिड दुबै सेवा छुट्टाछुट्टै रुपमा व्यवस्थापन गर्नुपर्ने छ ।’ (यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले लेखेका छन् ।)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22