२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सकियो तेश्रो विश्व सम्मेलन

प्रकाशित मिति : २०७६ आश्विन २७ गते

चितवन युवा समूहमा पुनः अधिकारी

भरतपुर । चितवन युवा समूह (अन्तर्राष्ट्रिय समन्वय समिति, नेपाल)को छैंठौं साधारण सभा एवम् तेश्रो विश्व सम्मेलन २०७६ ले १४ सदस्यीय कार्यसमिति चयन गरेको छ । समूहका नवनिर्वाचित अध्यक्ष मुक्तिप्रसाद अधिकारीका अनुसार समूहमा १७ सदस्यीय कार्यसमिति रहने भए पनि हाल ३ सदस्यीय कार्यसमिति पछि मनोनयन गर्ने गरी सम्पन्न भएको बताए ।
सम्मेलनले समूहको अध्यक्षमा पुनः मुक्तिप्रसाद अधिकारीलाई चयन गरेको छ भने वरिष्ठ उपाध्यक्षमा बुद्धिराज अर्याल, उपाध्यक्षमा टंक पौडेल, महिला उपाध्यक्षमा कविता ढकाल, महासचिवमा इन्द्रप्रसाद न्यौपाने, सचिवमा निमकान्त पाण्डे, कोषाध्यक्षमा सीता ढकाल तथा सदस्यहरुमा प्रभा शर्मा, सुलभ पोख्रेल, रामकुमार रैला, दीपक गौतम, लक्ष्मी रेग्मी, गौरीनारायण सुवेदी चयन गरेको छ ।
उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश नं. ३ का भूमी व्यवस्थापन तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाले पानसमा दियो बालेर शुभारम्भ गरेका थिए । मन्त्री लामाले कामलाई व्यवस्थित गर्न, चितवनवासीलाई एकजुट बनाउन, सुरक्षित लगानी गर्ने गन्तव्यतिर सबैलाई प्रेरित गर्ने अभियानमा सदैव अघि बढ्न सुझाव दिएका थिए ।
कार्यक्रममा विभिन्न तवरबाट समूहलाई सहयोग गरेको भन्दै सम्मान गरेको थियो । समूहका अध्यक्ष अधिकारी तथा प्रमुख अतिथि लामाले चितवनका महिला पत्रकार शान्ता अधिकारीलाई प्रमाणपत्र र एघार हजार एक सय एघार रुपैयाँसहित, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई सम्मानपत्र र नगद दश हजार रुपैयाँसहित, चेपाङ संरक्षण केन्द्रका केपी शर्मा, शालिकराम गैरे, भोजराज कंडेल, सीता ढकाललाई सम्मानपत्रबाट सम्मानित गरेका थिए ।
कार्यक्रममा चितवन समाज जापानका अध्यक्ष राजन श्रेष्ठ, चितवन युवा समूह कतारका अध्यक्ष रामहरि गैरे, नेपाल कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माडी नगरपालिकाका मेयर ठाकुर ढकाललगायतले शुभकामना मन्तव्य दिएका थिए ।
वि.सं. २०६७ साल फागुनमा स्थापना भएको चितवन युवा समूहले २२ लाखको अक्षय कोष स्थापना गरेको समूहका सचिव गणेश ढकालले बताए । २०७६ सालमा १ करोडको अक्षय कोष खडा गर्ने लक्ष्य रहेको सचिव ढकालको भनाइ थियो । सो कोषले असहाय परिवार तथा वैदेशिक रोजगारबाट फर्केका परिवारका बाबुनानीहरुलाई पठनपाठनका लागि, दुःखमा परेकाहरुको उद्धारमा खर्च गर्ने सचिव ढकालले बताए ।
कार्यक्रम मुक्तिप्रसाद अधिकारीको सभापतित्वमा सन्पन्न भएको थियो भने सचिव गणेश ढकालले कार्यक्रम संचालन गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72