March 28, 2024

सवारी दुर्घटनामा परेर दुईको मृत्यु

June 4, 2023
sketch

लुम्बिनी / बुटवल उपमहानगरपालिका–१२ तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिकै शनिबार सवारी दुर्घटनामा परेर दुई युवकको मृत्यु भएको छ ।
बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु१ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थी रहेका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
ठक्कर दिने बसका चालकलाई प्रहीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -