२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

चितवनमा पूर्वसचिव भीम उपाध्यायविरुद्ध मानहानीको उजुरी

प्रकाशित मिति : २०८० भाद्र ८ गते

चितवन / सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत मानहानी र चरित्रहत्या गरेको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता गराएकी छिन् । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडियोलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट चरित्रहत्या गरेको भन्दै भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङले बिहीबार उजुरी दर्ता गराएकी हुन् ।

गुरुङले वास्तविकता नै नबुझी अनधिकृतरुपमा सामाजिक सञ्जालमा तस्बिर राखेर व्यक्तिगत चरित्रहत्या गरेको भन्दै उपाध्यायलाई तत्काल नियन्त्रणमा लिई कानुनी उपचार गराउन माग गर्दै ‘साइबर क्राइम’सम्बन्धी उजुरी दर्ता गराएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

भीम उपाध्याय (मनमौजी) नामक फेसबुकमार्फत पीडित महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट भएको थियो ।

‘त्यतिबेला रमाइलो गर्नका लागि छोटो भिडियो बनाएर टिकटकमा राखेकी थिएँ’, पीडित पूर्णिमाया भन्छिन्, ‘अहिले आएर त्यही भिडियोको स्क्रिन सर्ट गरेर मविरूद्ध गाली बेइज्जती भइरहेका छन् । यसले म र मेरो परिवारलाई मानसिक यातना दिएको छ ।’ भीम उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61