मुग्लिन / इच्छाकामनामा सुन्तला महोत्सव गर्ने तयारी भएको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि ५ दिनसम्मको महोत्सव हुने जानकारी दिए । महोत्सवका लागि किसानसँगै छलफल भइरहेको उनले बताए ।
इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो । यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ ।
आफ्नो क्षेत्रभित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
अध्यक्ष गुरुङले भने, “महोत्सवको तयारीका लागि किसानसँग छलफल गरिरहेका छौँ, महोत्सवले इच्छाकामनाको सुन्तलाको प्रचारप्रसार एवं बजार प्रवद्र्धन गर्न सहयोग पुग्छ ।” गाउँपालिकाको वडा नं ३ स्थित माझगाउँ, सिरानगाउँ, तोक्दाङ, ढाप, डुडेलगायत गाउँका करिब तीन सय बिघा भन्दाबढी जग्गामा सुन्तला खेती हुने गरेकाले महोत्सव गर्न लागिएको हो ।
महोत्सवमा पाहुनालाई आकर्षण गर्न बोटमै टिपेर सुन्तला खानपाउने, सुन्तला कसले धेरै खाने प्रतियोगिताका साथै बजारभन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिनेजस्ता क्रियाकलाप गरिने उनले बताए ।
- ADVERTISEMENT -

इच्छाकामनामा सुन्तला महोत्सवको तयारी सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













