२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

तमू प्ये ल्हुको फु ताँ सों र घाँटु नाच बारे अन्तरक्रिया

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते

चितवन / गुरूङ जातिमा रहेका मौलिक एवम् परम्परागत संस्कार, संस्कृतिक ओझेलमा पर्दै गएको भन्दै यसको संरक्षणको लागि तमू प्ये ल्हु संघ चितवनले ‘फु ताँ सों’ र घाँटु नाचको विषयमा अन्तरक्रिया गरेको छ । भरतपुरमा भएको कार्यक्रममा मुख्य वक्ता ठाकुरजंग गुरूङले भाषा हराउँदै जाँदा त्यसको प्रभावमा संस्कार संस्कृतिसमेत हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे । अहिलेको नयाँ पुस्ता पोशाकप्रति मात्रै केन्द्रित हुँदा गुरूङ जातिको मुख्य विषय नै ओझेलमा परेको उनको भनाइ छ ।

अर्का प्रमुख वक्ता जगतबहादुर गुरूङले गुरूङ जातिको उद्घम स्थल मानिएको क्होलासोंथर क्षेत्र विस्तापित भएसँगै गुरूङ जातिको हरेक कृयाकलाप सङ्कटपूर्ण बन्दै गएको बताए । पछिल्लो समय क्होलासोंथरको विषयमा केही कुरा बाहिर आए पनि आउनुपर्ने जति आइनसकेको हुँदा त्यसमाथि अझै खोजविन हुनुपर्ने उनको भनाइ छ । ‘जब क्होलासोंथर विस्थापित भयो, त्यसपछि नै हाम्रा संस्कृतिहरू पनि ओझेलमा पर्दै गए । पारिए,’ उनले भने, ‘हिजो इतिहास लेख्नेहरू हाम्रो पहुँचका भएनन् । त्यसले पनि अर्को असर पारेको छ ।’

- ADVERTISEMENT -

Advertisement

वक्ताहरूले घाँटु नाचको विषयमा पनि चर्चा गरेका थिए । वैशाख पूर्णिमाको छेकोमा नाचिने घाँटु नाचसमेत कतिपय स्थानमा लोप भइसकेको हुँदा यसको संरक्षण गर्न पनि नयाँ पुस्ताले चासो देखाउनुपर्ने उनीहरूको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि तमू प्ये ल्हु संघका केन्द्रीय उपाध्यक्ष तुलाराम गुरूङले परम्परासँग सम्बन्धित संस्कृति जगेर्ना गर्ने विषयमा नयाँ पुस्ताले समेत चासो देखाउनुपर्ने बताए । फु ताँ सों भन्ने गुरूङ भाषाको शब्दलाई नेपाली भाषामा बुद्ध जयन्ती भनिएको हुँदा बुद्ध जयन्ती नै लोकप्रिय बन्दै गएको उनको भनाइ छ । ‘त्यसकारण हामीले आफ्नो भाषा र भाषाबाटै आएका साँस्कृतिक पक्षलाई केलाएर संरक्षण गर्ने अभियान चलाउनुपर्छ,’ उनले भने ।

तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले भाषा संस्कृति संरक्षणको लागि प्ये ल्हु संघले विगतदेखि नै प्रयास गर्दै आएको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83