२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

चितवनका सूचना अधिकारीहरू नै सूचनाको पहुँच बाहिर

प्रकाशित मिति : २०८१ श्रावण १० गते

चितवन / जिल्लाका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले स्वयम् नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताएका हुन् ।

भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका पण्डितले आफूभन्दा माथिल्लो तहबाट समयमा सूचना प्रवाह नहुँदा सञ्चारकर्मीले सूचना मागेका बेला तत्काल दिन नसकेको अवस्था रहेको गुनासो गरिन् । माडी नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जनप्रतिनिधि भएका निकायमा सूचनाको पहुँचसम्म पुग्न सूचना अधिकारीलाई कठिन भएको दुखेसो पोखे ।

- ADVERTISEMENT -

Advertisement

कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले सूचना अधिकारीलाई कतिपय सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि मात्र थाहा हुने गरेको उनले बताए । कार्यालयको अन्य जिम्मेवारीसहित सूचना अधिकारीको भूमिकामा बस्दा निकै कठिन हुने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीले बताए ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना अधिकारी आफू कार्यरत कार्यालयको कार्य प्रकृतिअनुसार सम्बन्धित पदाधिकारीबाट सूचना लिने, उजुरी पेटिकाको नियमित व्यवस्थापन गर्न सुझाए । सहभागी पत्रकारले सरकारी निकायका सूचना पाउन कठिन भएको गुनासो गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20