२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष पौडेललाई चितवनमा सम्मान

किसानको समस्या बुझेर काम गर्न सुझाव
प्रकाशित मिति : २०८१ पुष १ गते
Photo : newsprabah

चितवन / चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष हरिप्रसाद पौडेललाई बधाई तथा सम्मान गरेको छ । चार दिनअघि मात्रै नियुक्त हुनुभएका बोर्डका उपाध्यक्ष पौडेललाई दुग्ध उत्पादक सहकारी संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुसहितको उपस्थितिमा बधाई तथा सम्मान गरेको हो ।

चितवन जिल्लाका दुग्ध उत्पादक सहकारी संस्थासँग सम्बन्धित प्रतिनिधिहरुले किसानलक्षित काम गरेर कार्यकाल सफल बनाउन सुझाव दिएका छन् । दुग्ध उत्पादक सहकारी संस्थासँग आवद्ध किसानहरु थुप्रै समस्यासँग जुधिरहेको भन्दै किसान बचाउनको लागि किसानलक्षित कार्यक्रम ल्याउनु आवश्यक रहेको दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय सदस्य हरिहर सुवेदीले बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

चितवनका किसान दुग्ध विकास संस्थान (डिडिसी)बाट अझै पनि पीडित बन्नु परेको बताउँदै त्यस्ता समस्यालाई समयमै समाधान गर्ने गरी बोर्डले काम गर्न सक्ने उहाँले बताउनुभयो । डिडिसीले कहिले भुक्तानी रोक्ने र कहिले दूध नै नउठाउने जस्ता समस्या सिर्जना गरेर किसानलाई दुःख दिँदै आएको उहाँको भनाइ छ ।

संघका केन्द्रीय उपाध्यक्ष भागिरथ तिमिल्सिनाले पनि आफ्नो कार्यकाल सकिएपछि पनि किसानले सम्झिइरहने गरी काम गर्न सुझाव दिनुभयो । किसानका तमाम समस्याबारे जानकार व्यक्ति नै आधिकारिक निकायमा पुगेको हुँदा चितवनका किसानमा सकारात्मक उर्जा मिलेको उहाँले बताउनुभयो । कार्यकाल सफल बनाउनको लागि पुराना किसानहरुसँगको सल्लाह र समन्वय आवश्यक परे जुनसुकै बेला पनि आफू तयार रहेको उहाँको भनाइ थियो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगालेले चितवन जिल्लाको सहकारीकर्मीलाई नै दुग्ध विकास बोर्डको उपाध्यक्ष पदमा पाउँदा चितवनका किसान थप हौसिएको बताउनुभयो । त्यसकारण चितवनका किसानले सधैँ सम्झिने गरी काम गर्न उहाँले सुझाव दिनुभयो ।

बोर्डका उपाध्यक्ष पौडेलले पनि किसानले न्याय पाएको महसुस गर्ने गरी काम गर्ने हुटहुटीसहित बोर्डमा नियुक्त भएको आश्वासन दिनुभएको छ । आफू पनि सहकारीकर्मी नै भएकोले हालै पाएको अवसरलाई आशाको किरण जगाउने गरी काम गर्ने प्रयास हुने उहाँले बताउनुभयो ।

कृषि मन्त्रालयअन्तर्गत नियुक्ति पाए पनि यस क्षेत्रको विकासका लागि पूर्वाधार, उद्योग, सामाजिक विकास, सहकारीलगायतका मन्त्रालयसँग पनि समन्वय गरेर काम गर्न सकिने हुँदा किसानको हितमा काम गर्न सहज हुने उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20