२०८३ असार ४, बिहीबार
June 18, 2026
२०८३ असार ४, बिहीबार
June 18, 2026 Thursday
- ADVERTISEMENT -

जोखिम न्यूनीकरण गर्न भन्दै प्रहरीको सवारी चेकजाँचमा कडाई

प्रकाशित मिति : २०७७ भाद्र २२ गते
file photo.

चितवन / जिल्लामा सवारीसाधनको चहलपहल बढेपछि जिल्ला प्रहरी कार्यालय चितवनले सवारीसाधन चेक जाँचलाई कडा पारेको छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय चितवनले भाद्र ३१ गतेसम्म निषेधाज्ञा थप गरेको छ ।
संघसंस्था तथा व्यापारीहरुको व्यापक दवाव आएपछि पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा केही खुकुलो पारिएको हो । अति आवश्यक खाद्यान्न, हार्डवेयर, निर्माण सामग्री, विजुली पसल, दुधजन्य पदार्थ, फेन्सी लगायत लत्ता कपडाका पसलहरु विहान १० देखि ४ बजेसम्म खोल्न पाउने निर्णय प्रशासनले गरेको हो ।
निषेधाज्ञा केही खुकुलोसँगै चितवनका बजारहरु प्रायःजसो खुल्ला छन् । बजारमा भिडभाड बढेको छ । बजार खुलेसँगै सवारीसाधनको चाप बढ्न थालेपछि चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
‘सर्वसाधारणले सुरक्षा मापदण्ड अपनाउन, माक्स अनिवार्य प्रयोग गर्नुहुन अनुरोध गर्दै चेकजाँचमा कडाइ गरेको हो ।’ प्रवक्ता थापाले भन्नुभयो – ‘हामीले अत्यावश्यक सवारी साधनलाई कतै पनि रोकेका छैनौ र रोक्दैनौ पनि तर औषधि, तरकारी, खाद्यान्न लगायतका सामाग्री किन्ने बहानामा अनावश्यक रुपमा सवारीसाधन नै लिएर हिँड्नेलाई कारवाही गरेका छौं ।
उहाँले भन्नुभयो, ‘पछिल्लो तथ्यांक हेर्दा चितवन जिल्लामा कोरोना संक्रमितको संख्या हजार नाघिसकेको छ भने दैनिक ३० देखि ५० जनाका दरले संक्रमितहरु थपिइरहेका छन् ।’
चितवन जिल्ला रेडजोनमा भएकाले जोखिम न्यूनीकरण गर्नको लागि सबैले सावधानी अपनाउन प्रवक्ता थापाले आग्रह गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.95
151.55
European Euro
1
174.95
175.65
UK Pound Sterling
1
202.36
203.17
Swiss Franc
1
190.37
191.12
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
107.71
108.13
Singapore Dollar
1
117.62
118.08
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.33
22.42
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.40
41.57
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
41.10
41.27
Malaysian Ringgit
1
37.11
37.25
South Korean Won
100
9.95
9.99
Swedish Kroner
1
16.06
16.13
Danish Kroner
1
23.40
23.50
Hong Kong Dollar
1
19.27
19.34
Kuwaity Dinar
1
491.77
493.73
Bahrain Dinar
1
400.39
401.98
Omani Rial
1
392.09
393.65