Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रक्तदान गरौँ, जीवनदान दिऔँ

प्रकाशित मिति : २०८२ बैशाख २४ गते

गर्मी बढेपछि चितवनलगायत देशभर नै रगतको अभाव भएको छ । चर्को गर्मीले स्वयम्सेवी दाताहरुले रक्तदान गर्न हिच्किचाउने कारण रगत संकलनमा गिरावट आएको छ । चितवनमा अस्पतालको संख्या वृद्धि भएसँगै बिरामीको चाप पनि बढिरहेको छ । चितवनमा औसत दैनिक १६० पाउण्ड रगत चाहिन्छ । यहाँ नवलपरासी, नवलपुर, मकवानपुर, तनहुँ, गोर्खा, धादिङ, नुवाकोटलगायत करिब १५ जिल्लाका बिरामीहरु उपचार गर्न आउने गर्दछन् । चितवनमा थेग्नेभन्दा बढी अस्पताल शैय्या छ, ती अस्पतालमा रगतको माग उच्च रहेकोले जगेडा हुन सकिरहेको छैन । चितवनमा दुईवटा ठूला शिक्षण अस्पताल छन् । यस्तै सरकारी स्वामित्वको भरतपुर अस्पताल, बकुलहर–रत्ननगर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन सामुदायिक अस्पताल छन् । यी विभिन्न अस्पतालमा गरी तीन हजार बढी शैय्या क्षमता रहेको छ ।

नयाँ वर्षसँगै तापक्रम बढ्दै गएपछि रक्तदान गर्नेहरुको संख्या पनि घट्ने गरेको छ । गर्मी बढेसँगै स्वतःस्फूर्त रक्तदान गर्ने दाता तथा आयोजकसमेत घटेको पाइएको छ । रगतको अभाव हुँदा गर्भवती महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी र दुर्घटनाका घाइतेको उपचारका लागि समस्या पर्ने गरेको छ । प्रायः अस्पतालमा रक्त सञ्चार केन्द्रबाटै रगतको आपूर्ति हुँदै आएको छ । भरतपुर रक्त सञ्चार केन्द्रबाट नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताललगायतमा पनि रगत आपूर्ति हुँदै आएको छ । चितवनमा पछिल्लो समय राजनीतिक दल, बचत सहकारी तथा विभिन्न संघसंस्थाले आफ्नो वार्षिकोत्सव तथा साधारण सभामा रक्तदान गर्ने परिपाटी सुरू गरेका छन्, यो सकारात्मक पक्ष हो । तर चितवनमा बढी खपत हुने कारण रगतको सधैँ अभाव हुने गरेको पाइन्छ ।

- ADVERTISEMENT -

Advertisement

चितवनमा रक्तदान गर्नुपर्छ भन्ने चेतनामा वृद्धि भएको दुई दशक भइसकेको छ । रगतको अभावलाई मध्यनजर गर्दै विभिन्न संघसंस्थाहरुले वार्षिकोत्सव तथा कार्यक्रमहरुमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् । यो ज्यादै सरहानीय काम हो । मानवसेवा र परोपकारी कार्यमा सम्मिलित हुनु सामाजिक संघसंस्थाहरुको दायित्व पनि हो । यतिखेर दैनिकरुपमा रगतको बढ्दो माग आपूर्ति हुन सक्दा समस्या भइरहेको छ । रगतको अभाव हुनासाथ सरोकारवाला निकायले रक्तदान गर्न प्रेरित गर्नुपर्छ । सार्वजनिक हितका निम्ति रगतको बढ्दो प्रयोग हुने अस्पतालले पनि बेलाबखतमा रक्तदान कार्यक्रम राख्नुपर्छ । रगत दिएर कोही मर्दैन, बरु नपाएर मरिन्छ भन्ने भनाइलाई आत्मसात् गर्दै हरेक स्वस्थ व्यक्तिले स्वतःस्फूर्त रुपमा रक्तदान गरी जीवनदान दिनु आवश्यक देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05