असोज ५ बाट आन्तरिक यातायात र हवाइ उडान सुरु

0
155

काठमाडौं / सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस र आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए ।
ती मन्त्रीका अनुसार यातायातका साधनले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने छन् । गत चैत ११ गतेदेखि लकडाउन भएपछि सार्वजनिक यातायात बन्द थियो भने व्यवसायीले खुलाउन माग गर्दै आएपनि सरकारले जोखिम रहेको भन्दै सञ्चालनको अनुमति दिएको थिएन ।