नारायणगढ / चितवनमा नेपाल आइडल सिजन–६’ की फाइनलिष्ट दर्शना गान्धारी नगद सहित सम्मानित भएकी छिन् । नारायणी कला मन्दिरले सोमबार दर्शनालाई नगद १५ हजार राशिसहित सम्मान गरेको हो ।
गायन क्षेत्रको विकासका लागि दर्शनालाई सम्मान स्वरुप नगद १५ हजार राशिसहित सम्मान गरेको कला मन्दिरका अध्यक्ष रोहितकुमार श्रेष्ठले बताए । कला–साहित्यको क्षेत्रमा विगत ६ दशकभन्दा लामो समयदेखि योगदान दिँदै आएको कला मन्दिरले नवप्रतिभाको सम्मान र हौसला प्रदान गर्नका लागि नवप्रतिभालाई सम्मान गरिएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

गायिका दर्शनाले लामो समयसम्मको प्रयास र सङ्घर्षबाट उत्कृष्ट पाँचमा पुग्न सफल भएको भन्दै जितका लागि चितवनवासीलाई मतदान गरिदिन आग्रह गरेकी छन् ।
उनले नेपाल आइडलको मञ्चमा हालसम्मको अन्तिम गीत ‘माया नमार’ चलचित्रको ‘टिकुली है मेरो टलटल’ गाएर उधुम मच्चाएकी थिइन् । आइडलको मञ्चबाटै गोल्डेन माइक्रोफोन प्राप्त गरेकी गान्धारीले अन्तिम प्रस्तुति दिँदा निर्णायकहरु सबै दङ्ग थिए १
- ADVERTISEMENT -

दर्शनाले आफूलाई जिताइदिनका लागि नेपालभित्रबाट एनटिसी तथा एनसेलका प्रयोगकर्ताले मत जाहेर गर्न सक्ने बताइन् । ई–सेवामार्फत पनि मत जाहेर गर्न सकिने उनले बताइन् । त्यसका लागि एनआई ०४ टाइप गरी ३७००० मा मत जाहेर गर्न सकिने उनले बताइन् । नेपालबाहिरबाट भने मोमो एपमार्फत मतदान गर्न सकिने उनले बताइन् ।









































