Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

खामेनीको हत्यापछि पाकिस्तानको हिंसामा २० जनाको मृत्यु

प्रकाशित मिति : २०८२ फाल्गुन १८ गते

कराँची / इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्यापछि पाकिस्तानका प्रमुख सहरहरूमा भीषण प्रदर्शन र हिंसा भड्किएको छ । आइतबार देशभर भएका प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

विशेषगरी शिया समुदायको बाहुल्यता रहेका क्षेत्रहरूमा प्रदर्शनले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षा फौजले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । हिंसात्मक झडपमा परी कराँचीमा १० जना, स्कार्दुमा ८ जना र राजधानी इस्लामावादमा २ जनाले ज्यान गुमाएका छन् ।

- ADVERTISEMENT -

Advertisement

इस्लामावादको रेड जोन नजिकै हजारौँको संख्यामा भेला भएका प्रदर्शनकारीले अमेरिका र इजरायल विरुद्ध चर्को नाराबाजी गरेका थिए । प्रदर्शनकारीले अमेरिकी दूतावासतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । घाइतेहरूका अनुसार सुरक्षाकर्मीले गोली समेत चलाएका थिए, जसका कारण इस्लामावादको सरकारी अस्पतालमा ३५ भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

कराँचीमा प्रदर्शनकारीहरूले अमेरिकी वाणिज्य दूतावासको बाहिरी गेट नाघेर मुख्य भवनका झ्यालहरू फुटाएपछि अवस्था नियन्त्रण बाहिर गएको थियो । सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले यस घटनालाई अत्यन्तै दुःखद भन्दै निष्पक्ष छानबिनको आदेश दिएका छन् ।

उता उत्तरतर्फको पहाडी क्षेत्र गिल्गिट(बाल्टिस्तानको स्कार्दुमा प्रदर्शनकारीले संयुक्त राष्ट्र संघको कार्यालयमा आगजनी गरेपछि त्यहाँ तीन दिनका लागि कर्फ्यु लगाइएको छ।

पाकिस्तान सरकारले इरानमाथि भएको हमलाको निन्दा गरे पनि प्रदर्शनकारीहरूले आफ्नो सरकारले पर्याप्त कदम नचालेको भन्दै आक्रोश पोखेका छन् । यसैबिच, इस्लामावादस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई भिडभाड हुने क्षेत्रमा नजान सचेत गराएको छ ।

पाकिस्तानमा सन् १९७९ मा पनि यस्तै अफवाहका कारण अमेरिकी दूतावासमा आगजनी भएको थियो, जसको स्मरण यसपटकको हिंसाले गराएको छ । लाहोर, पेशावर, मुल्तान र फैसलावादमा पनि हजारौँ मानिस सडकमा उत्रिएर खामेनीको मृत्युमा शोक व्यक्त गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22