काठमाडौं / टी–२०आई सिरिजअन्तर्गत आज (सोमबार) नेपालले यूएईसँग पहिलो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा बेलुका ५ बजे सुरु हुनेछ ।
खेलमा नेपाली टोलीको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्नेछन् । नेपालले फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
- ADVERTISEMENT -

नेपाली टोलीहरूमा दीपेन्द्र सिंह ऐरी ९कप्तान०, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल रहनेछन् ।










































