२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

सत्यनारायणबहादुरलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग

प्रकाशित मिति : २०८३ बैशाख ९ गते

चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै प्रमाण बुझाएको छ । 

फोनिजको संघिय आन्दोलनको कार्यक्रम अनुसार बुधवार देशभरका जिल्ला शाखाले महासंघ जिल्ला शाखामा कालो व्यानरसहित संस्थापक अध्यक्ष मान्ने आधारहरु बुझाएको हो ।

- ADVERTISEMENT -

Advertisement

यता फोनिज चितवन शाखाले पनि पत्रकार महासंघ चितवनमा श्रेष्ठलाई संस्थापक मान्ने २२ बुँदाको आधार प्रमाण बुझाएको छ । महासंघको मुख्य गेटमा कालो व्यानर राखेर चितवन शाखाले पनि तथ्य प्रमाणहरु बुझाएको थियो ।

फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङ, संस्थापक अध्यक्ष एवं सल्लाहकार सन्त कुमार चौधरी, उपाध्यक्ष उर्गेन तामांङ, सचिव आशिष राना, सदस्य बविलाल तामांङ, प्रतिमा कुमाल, विना तामाङ लगायतको टोलीले २२ बुँदे आधारपत्र महासंघका अध्यक्ष बसन्त पराजुलीलाई हस्तान्तरण गरेको थियो । महासंघको तर्फबाट अध्यक्ष पराजुली, उपाध्यक्ष दिपेन्द्र अधिकारी, सचिव राजेश घिमिरे, कोषअध्यक्ष कृष्ण आचार्यको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

पत्र बुझ्दै अध्यक्ष पराजुलीले महासंघको संस्थापक अध्यक्षबारेको विषय चाँडै टुंगीनुपर्ने बताए । तथ्य प्रमाण अनुसार हुनुपर्ने भन्दै पराजुलीले आधारपत्र महासंघ केन्द्रमा पठाउने प्रतिवद्धता जनाए ।

फोनिज चितवनका संस्थापक, सल्लाहकार चौधरीले विगत लामो समयदेखि फोनिजले सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरे पनि वेवास्ता गरीएको बताए । उनले संकलीत प्रमाणका आधारमा संस्थापक घोषणा गर्न ढिलाई गर्न नहुने बताउदै चाँडै माग पुरा हुने विश्वास व्यक्त गरे ।

फोनिज अध्यक्ष गुरुङले पत्रकारहरुको छाता संस्था महासंघलाई अहिलेको अवस्थामा ल्याइपुर्याउनुमा संस्थापक अध्यक्ष श्रेष्ठको अतुलनीय योगदान रहेकाले इतिहासलाई सम्मान गर्नुपर्ने बताए ।

फोनिजले तत्काल उच्चस्तरीय अध्ययन समिति गठन गरी स्व श्रेष्ठलाई पत्रकार महासङ्घको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ । वि सं २००८ वैशाख ९ गते श्रेष्ठको सभापतित्वमा नेपाल पत्रकार सङ्घ (हालको नेपाल पत्रकार महासंघ) को स्थापना गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36