२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

नेपाल पत्रकार महासंघ चितवनको २२औँ साधारणसभा सम्पन्न

प्रकाशित मिति : २०८३ बैशाख १८ गते

चितवन / नेपाल पत्रकार महासंघ जिल्ला शाखा, चितवनको २२औँ साधारणसभा भरतपुरस्थित चितवन उद्योग संघको सभाहलमा सम्पन्न भएको छ। पत्रकारहरूको उल्लेख्य सहभागितामा आज (शुक्रबार) सम्पन्न साधारणसभामा प्रेस स्वतन्त्रता, सञ्चारमाध्यममाथिको दबाब तथा पत्रकार अधिकारका विषयमा व्यापक छलफल गरिएको थियो ।

महासंघका अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष दीपक आचार्य प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष आचार्यले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै निजी सञ्चारमाध्यमलाई अप्रत्यक्षरूपमा संबिधानको धारा १९ लाइ कुन्ठितपार्ने र बिज्ञापनमार्फत दबाबमा राख्ने प्रयास भइरहेको आरोप लगाए ।

- ADVERTISEMENT -

Advertisement

उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै पत्रकारहरूको स्वतन्त्र रूपमा काम गर्ने वातावरण कमजोर बन्दै गएको बताए । “पत्रकारहरूको अधिकार कुण्ठित हुने अवस्था सिर्जना भइरहेको छ, यस्तो अवस्थामा सञ्चार क्षेत्र र नागरिक समाज सबै सजग हुन जरुरी छ,” साथै स्थानिय सरकार सञ्चाालन ऐन २०७४ लाइ प्रयोग स्वायतता केहो भन्ने कुरा सबै स्थानिय सरकारले अब देखाउनु पर्ने उनले भने ।

आचार्यले देशमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरूमा पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै सत्यतथ्य सूचना सम्प्रेषणमा सञ्चारकर्मीहरूको योगदान महत्वपूर्ण रहेको बताए । उनले पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र श्रम अधिकार सुनिश्चित गर्न महासंघ अझ सशक्त रूपमा अघि बढ्नुपर्ने धारणा राखे ।

साधारणसभामा महासंघका गतिविधि, भावी योजना तथा संगठन सुदृढीकरणका विषयमा समेत छलफल भएको थियो । कार्यक्रममा जिल्लाका अग्रज पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यसै अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार अनिल ढकाल, पूजा ढकाल र दिप्ती विश्वकर्मालाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा सहभागी वक्ताहरूले पत्रकारितामा बढ्दो चुनौती, आर्थिक संकट, डिजिटल माध्यमको प्रभाव तथा सञ्चारमाध्यमको दिगोपनाका विषयमा समेत धारणा राखेका थिए । साधारणसभा पत्रकारहरूको हकहित, पेशागत सुरक्षा र प्रेस स्वतन्त्रताको पक्षमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धतासहित सम्पन्न भएको महासंघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20