२०८३ श्रावण १४, बिहीबार
July 30, 2026
२०८३ श्रावण १४, बिहीबार
July 30, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टिकटकर तुल्सा अधिकारी थुनामा

प्रकाशित मिति : २०८३ जेष्ठ २१ गते

काठमाडौं / टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले उनलाई इन्टरपोलको सहयोगमा जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो । त्यसपछि अनुसन्धानका लागि अदालतमा उपस्थित गराइएको थियो ।

अधिकारीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । उनी पछिल्लो समय चीनमा बस्दै आएकी थिइन् ।

- ADVERTISEMENT -

Advertisement

प्रहरी अनुसन्धान अघि बढेपछि अधिकारीले सामाजिक सञ्जालमार्फत आफूविरुद्धको कारबाहीप्रति असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएकी थिइन् । उनले आफू नेपालमै रहेका बेला कुनै जानकारी वा खोजतलास नगरिएको र चीन पुगेपछि मात्र पक्राउ पुर्जी जारी भएको थाहा पाएको दाबी गरेकी थिइन् ।

यद्यपि, प्रहरीले उक्त दाबीप्रति स्पष्टिकरण दिँदै भ्रम फैलाउने प्रयास भएको जनाएको थियो ।

प्रहरीका अनुसार कुमार चिमोरिया नामका व्यक्तिले २०८२ साउन २२ गते प्रहरी वृत्त सातदोबाटोमा अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।

अनुसन्धानका क्रममा अधिकारीको संलग्नता सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत देखिएपछि २०८२ कात्तिक २० गते सम्पत्ति शुद्धीकरण विभागको सुझाव लिएर थप अनुसन्धान गरिएको थियो ।

प्रहरीले उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ ।

अदालतको पछिल्लो आदेशसँगै अधिकारी अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामा रहनेछिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13