भरतपुर । नेवाः पत्रकार राष्ट्रिय दबू चितवनको अध्यक्षमा सुनिलकुमार श्रेष्ठ चयन भएका छन् । सोमबार भरतपुरमा भएको नवौँ साधारण सभा तथा चौथो अधिवेशनबाट कालिका एफएममा कार्यरत श्रेष्ठको नेतृत्वमा तीन वर्षे कार्यकालको लागि नयाँ समिति गठन भएको हो ।
नयाँ समितिको उपाध्यक्षमा विनिता श्रेष्ठ, सचिवमा रजनी श्रेष्ठ, सहसचिवमा विपन श्रेष्ठ र कोषाध्यक्षमा सूर्यप्रसाद श्रेष्ठ चयन भएका निर्वाचन समितिका संयोजक ईश्वरकुमार जोशीले जानकारी दिए ।
- ADVERTISEMENT -

कार्यसमिति सदस्यहरुमा भने मनिषा श्रेष्ठ, उमेश श्रेष्ठ, विवश श्रेष्ठ र राजेन्द्र श्रेष्ठ चयन भएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूःका संघीय उपाध्यक्ष एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय सचिव सन्दीपकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्तराज पराजुलीलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।
नयाँ समिति गठन भइसकेपछि निवर्तमान अध्यक्ष अनुज जोशीले कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष सुनिलकुमार श्रेष्ठले तीन वर्षे कार्यकाल कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
- ADVERTISEMENT -













































