Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वर्षायाममा दुर्घटनाको जोखिम

प्रकाशित मिति : २०८३ श्रावण ६ गते

नेपालमा सडक दुर्घटना वर्षैभरि गम्भीर समस्या बनेको छ तर वर्षात्को समयमा यसको जोखिम झन् बढ्ने गरेको पाइएको छ । हालै नारायणगढ–मुग्लिन सडकअन्तर्गत इच्छाकामना गाउँपालिका–६, जलबिरेनजिक दुई बस र एक ट्रक ठोक्किँदा ३६ जना घाइते भए । वर्षातसँगै बढ्ने दुर्घटनाको यो एक प्रतिनिधि घटना हो । आर्थिक वर्ष २०८२÷०८३ मा मात्र दुई हजार २८९ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् । दैनिक औसतमा सात जनाको मृत्यु हुनुले नेपालमा सडक सुरक्षाको भयावह चित्र उजागर गरेको छ । यसै अवधिमा ६ हजार ३८१ जना गम्भीर घाइते र ३३ हजार ७५६ जना सामान्य घाइते भएका छन् । कुल २५ हजार ७७१ स्थानमा दुर्घटना भएको तथ्यांकले सडक सुरक्षाको चुनौती स्पष्ट रहेको देखाउँछ ।

वर्षातमा दुर्घटनाको जोखिम बढ्नुका कारणहरू स्पष्ट छन् । पानी जम्दा वा हिलो हुँदा ब्रेक कम लाग्ने, सवारीसाधन अनियन्त्रित हुने सम्भावना बढी हुन्छ । वर्षा र कुहिरोले दृश्यता घटाउँछ, जसले चालकलाई अगाडि देख्न कठिन बनाउँछ । वर्षातले सडकमा ठूला खाल्डो बनाउँछ, जसमा पानी जम्दा चालकले अनुमान गर्न नसक्ने अवस्था हुन्छ । यसले मोटरसाइकल, स्कुटरजस्ता साना सवारी साधनलाई बढी जोखिममा पार्छ । नयाँ निर्माण भएका सडक पनि वर्षातमै जीर्ण हुने, संकेत बोर्ड, स्ट्रिट लाइट वा स्पिड बम्पको अभावले दुर्घटना बढ्ने गरेको छ । नेपालमा प्रायः दुर्घटनापछि समिति गठन हुने, प्रतिवेदन बन्ने तर कार्यान्वयन नहुने अवस्था छ । सडक सुरक्षाका पाँच खम्बा हुन्– सुरक्षा व्यवस्थापन, सुरक्षित सडक, सुरक्षित सवारी, सुरक्षित प्रयोगकर्ता र दुर्घटनापछि सेवा । सबैलाई सबै अवलम्बन गर्न सकिएमात्र सडक दुर्घटना घटाउन सकिन्छ ।

- ADVERTISEMENT -

Advertisement

दुर्घटना न्युनीकरणका उपायहरू पनि स्पष्ट छन् । ट्राफिक व्यवस्थापन सुधार गर्न नियमको कडाइका साथ कार्यान्वयन, सिसिटिभी, स्पिड गन प्रयोग, ट्राफिक प्रहरीको संख्या र दक्षता वृद्धि गर्नुपर्छ । साँघुरा सडक विस्तार, खाल्डाखुल्डी मर्मत, संकेत बोर्ड र स्ट्रिट लाइटको व्यवस्था गर्नुपर्छ । वर्षातमा गति कम गर्ने, दुरी बढाउने, हेडलाइट र वाइपर जाँच गर्ने, मोबाइल प्रयोग नगर्नेजस्ता चालक सचेतना अत्यावश्यक छन् । विपद् जोखिम न्यूनीकरण प्राधिकरणले २३ जिल्लामा रातिको सवारी रोक लगाएको निर्णय व्यावहारिक कदम हो । नेपालमा सडक दुर्घटना केवल व्यक्तिगत त्रासदी मात्र होइन, राष्ट्रिय संकट हो । वर्षातको समयमा दुर्घटनाको जोखिम अझै बढ्ने भएकाले राज्य, स्थानीय निकाय, चालक र यात्रु सबैले सचेत रहनैपर्छ । सुरक्षित सडक पूर्वाधार, जिम्मेवार चालक, कडाइका साथ नियम कार्यान्वयन र दुर्घटनापछि छिटो उद्धारजस्ता उपायहरु नै जीवनरक्षाका आधार हुन् । वर्षा किसानहरुका निम्ति आशीर्वाद हो, तर असावधानीले गर्दा यो विपद् बन्न सक्ने भएकाले हरेक व्यक्तिले सचेत र सावधानी अपनाउनु जरूरी देखिन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98