२०८३ भाद्र २४, बुधबार
September 9, 2026
२०८३ भाद्र २४, बुधबार
September 9, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देवघाटको ज्येष्ठ नागरिकसँग स्पाउज क्लबको तिज दर

प्रकाशित मिति : २०८३ भाद्र २३ गते

चितवन / हरितालिका तीजको अवसर पारेर देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै तीज विशेष दर खाने कार्यक्रम आयोजना गरिएको छ ।

स्पाउज क्लब अफ आरसी चितवनको आयोजनामा भएको कार्यक्रममा वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूले तीजको खुशी साटासाट गर्दै सोमबार आत्मीय वातावरणमा दर खाएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सामान्यतः परिवार र आफन्तसँग बसेर मनाइने तीजको अवसरमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई पनि पर्वको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पाउजका अध्यक्ष जानकारी शर्माले जानकारी दिइन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरूसँगै बसेर तीजको शुभकामना आदानप्रदान गर्नुका साथै उनीहरूको सुख–दुःखमा साथ र आत्मीयता व्यक्त गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष तथा प्रमुख अतिथि गेहेन्द्रमान श्रेष्ठले ज्येष्ठ नागरिकहरूको सम्मान र खुशीका लागि स्पाउज क्लबले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताए । सामाजिक तथा मानवीय गतिविधिले वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको जीवनमा सकारात्मक ऊर्जा थप्नुका साथै समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो ।

कार्यक्रम स्पाउज क्लबकी अध्यक्ष जानकी शर्माको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन क्लबकी सचिव बबिता घिमिरेले गरिन् ।

रोटरी करुणालय वृद्धाश्रमका अध्यक्ष एवं रोटरी क्लब अफ चितवनका पूर्व अध्यक्ष उत्तमलाल चुके, वृद्धाश्रमका बाह्य सेवाग्राही, स्पाउज क्लबका सदस्य, रोटरियन तथा कर्मचारीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा वृद्धाश्रमका ३५ जना आवासीय ज्येष्ठ नागरिक सहभागी भएका थिए । उनीहरूका लागि तीज विशेष साकाहारी भोजनका विभिन्न परिकारको व्यवस्था गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.42
152.02
European Euro
1
175.82
176.52
UK Pound Sterling
1
204.82
205.63
Swiss Franc
1
186.57
187.31
Australian Dollar
1
109.19
109.62
Canadian Dollar
1
109.68
110.12
Singapore Dollar
1
119.61
120.09
Japanese Yen
10
9.83
9.87
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.32
40.48
Qatari Riyal
1
41.54
41.70
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.23
41.39
Malaysian Ringgit
1
37.28
37.43
South Korean Won
100
11.28
11.32
Swedish Kroner
1
15.76
15.82
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
493.79
495.74
Bahrain Dinar
1
401.60
403.19
Omani Rial
1
393.29
394.85