भरतपुर / बाढी तथा पहिरोको जोखिम बढेपछि चितवनका सातवटै स्थानीय तहले भोलि (शुक्रबार) एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेपछि जिल्लाका सबै स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
- ADVERTISEMENT -

भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण बाढी तथा पहिरोको जोखिम उच्च रहेकाले एक दिनका लागि विद्यालय बन्द गर्ने जनाएका छन् ।


















































