चितवन । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तरगत चितवनमा सम्पन्न क्षेत्र नं.२ को अधिवेशनबाट सभापतिमा युवा नेता मनोज रानाभाट निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न महाधिवेशनबाट रानाभाट ३४४ मतका साथ सभापतिमा निर्वाचित भएका हुन् ।
- ADVERTISEMENT -

उनका प्रतिद्धन्द्धी केशव महर्जनले २३३ मत प्राप्त गरे । यस्तै विकास पौडेलले २१८, प्रल्हाद उप्रेतीले ९६ र चित्रबहादुर भण्डारीले ५६ मत प्राप्त गरे ।
यस्तै क्षेत्रीय सचिवमा प्रदीप लामिछाने निर्वाचित भएका छन् । लामिछानेले ४६८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कृष्ण बगालेले २७० मत प्राप्त गरे ।
दिपक शाही ठकुरीले १२६ मत प्राप्त गर्दा लुव राजन श्रेष्ठले ६० मत मात्रै प्राप्त गरे ।
यस्तै चितवन प्रदेश क्षेत्र नं.२ (ख)को सभापतिमा युवा नेता परमेश्वर खनाल निर्वाचित भए भने क्षेत्र नं.२ (क)को सभापतिमा दुर्गा गुरुङ निर्वाचित भए ।


















































