काठमाडौं / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु गर्ने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो ।
- ADVERTISEMENT -

गण्डकी प्रदेशअन्तर्गत कास्की–२ का ८१ वर्षीय शोभाचन्द्र बरालले पहिलो मत हालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।
यसअघि बिहीबार नै मतदान गर्ने तयारी गरिएको थियो । तर, आवश्यक तयारी पूरा नभएपछि मतदान शुक्रबारका लागि सारिएको थियो ।
- ADVERTISEMENT -
















































