Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एकादशीमा पनि दशैंको टीका जारी, कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा

प्रकाशित मिति : २०८३ कार्तिक ६ गते

काठमाडौं / बडादशैंको टीका र जमरा लगाउने क्रम आज (बिहीबार) एकादशीका दिन पनि जारी रहेको छ। मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका तथा जमरा ग्रहण गर्दै आशीर्वाद लिने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ।

नेपाली समाजमा प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं मनाउने चलन छ। विजयादशमीका दिनदेखि सुरु हुने टीका लगाउने क्रम टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुग्न नसकेका व्यक्तिहरूले कोजाग्रत पूर्णिमासम्म पनि निरन्तरता दिने गरेका छन्।

दशैंघर वा पूजाकोठामा आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिअनुसार घटस्थापना गरी स्थापना गरिएको घटको अभिषेकसहित टीका र जमरा लगाउने परम्परा रहिआएको छ। विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम सुरु हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य वेदमणि भट्टराईका अनुसार दशैंको टीका लगाउने परम्परा समुदाय र स्थानअनुसार फरक–फरक रहेको छ। कतिपय समुदायमा विजयादशमीका दिन मात्रै टीका लगाउने चलन छ भने अन्य स्थानमा कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ।

- ADVERTISEMENT -

Advertisement

भट्टराईका अनुसार पूर्वी तथा मध्य नेपालका विभिन्न स्थानमा पूर्णिमासम्म टीका लगाइदिने परम्परा छ। पश्चिम नेपालका कतिपय स्थानमा भने दुर्गा विसर्जनपछि एक दिन मात्रै टीका ग्रहण गर्ने चलन रहेको छ।

नेपाली समाजमा भौगोलिक क्षेत्र, सामाजिक परिवेश र सांस्कृतिक मान्यताअनुसार विभिन्न परम्परा प्रचलनमा रहेकाले टीका लगाउने समयलाई पनि सोहीअनुसार बुझ्नुपर्ने भट्टराईको भनाइ छ।

यसैबीच, आज आश्विन शुक्ल एकादशी अर्थात् पापाङ्कुशा एकादशी पनि मनाइँदैछ। धार्मिक विश्वासअनुसार यस दिन व्रत बस्दा विगतमा जानी–नजानी गरिएका पापबाट मुक्ति प्राप्त हुने मान्यता रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.30
162.96
UK Pound Sterling
1
193.59
194.38
Swiss Franc
1
176.14
176.85
Australian Dollar
1
97.92
98.32
Canadian Dollar
1
103.18
103.59
Singapore Dollar
1
114.71
115.17
Japanese Yen
10
9.33
9.37
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.35
4.37
UAE Dirham
1
40.29
40.46
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
10.99
11.04
Swedish Kroner
1
14.47
14.53
Danish Kroner
1
21.71
21.80
Hong Kong Dollar
1
18.88
18.95
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.31
393.90
Omani Rial
1
384.35
385.91