Opens in a new tab
२०८३ कार्तिक १७, सोमबार
November 2, 2026
२०८३ कार्तिक १७, सोमबार
November 2, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एनपीएल आज : चितवन राइनोज र सुदूरपश्चिम बिच रोमाञ्चक भिडन्त

प्रकाशित मिति : २०८३ कार्तिक १७ गते
AI

चितवन / नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज चार टोली मैदानमा उत्रिँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दुई खेल हुने तालिका रहेको छ ।

दिनको पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२ः३० बजे सुरु हुने उक्त खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

त्यस्तै, आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन् । साँझ ५ बजे सुरु हुने यस खेललाई दर्शकले विशेष चासोका साथ हेरेका छन् ।

प्रतियोगितामा चितवन राइनोजले अहिलेसम्म अपराजित यात्रा कायम राखेको छ । पहिलो खेलमा जित निकालेको चितवनले दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि अंक बाँड्नुपरेको थियो। यता, सुदूरपश्चिम रोयल्सले खेलेका तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ ।

- ADVERTISEMENT -

Advertisement

यसैबीच, आफ्नो टोलीलाई समर्थन गर्न चितवन राइनोजका समर्थकहरू चितवनबाट काठमाडौं प्रस्थान गरेका छन्। आज साँझ हुने खेलमा समर्थकको उपस्थिति बढाउन क्लबले विशेष व्यवस्था गरेको हो ।

चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट खरिद गरेका चितवनका समर्थकहरूका लागि क्लबले निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

उनका अनुसार टिकट लिएका समर्थकलाई चितवनबाट काठमाडौं ल्याउने र खेल सम्पन्न भएपछि पुनः चितवन फर्काउने व्यवस्था गरिएको छ।

चितवन राइनोजलाई घरेलु समर्थकको साथ रहने अपेक्षा गरिएको आजको खेलमा सुदूरपश्चिमविरुद्ध टोलीले आफ्नो अपराजित यात्रा कायम राख्न सक्ला वा नसक्ला भन्ने चासो बढेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.63
152.23
European Euro
1
169.22
169.89
UK Pound Sterling
1
203.07
203.87
Swiss Franc
1
183.78
184.51
Australian Dollar
1
106.64
107.06
Canadian Dollar
1
108.51
108.94
Singapore Dollar
1
118.64
119.11
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.40
40.56
Qatari Riyal
1
41.62
41.78
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
41.29
41.45
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.43
15.49
Danish Kroner
1
22.64
22.73
Hong Kong Dollar
1
19.33
19.41
Kuwaity Dinar
1
491.91
493.85
Bahrain Dinar
1
401.67
403.26
Omani Rial
1
393.83
395.39