Opens in a new tab
२०८३ कार्तिक १६, आईतवार
November 1, 2026
२०८३ कार्तिक १६, आईतवार
November 1, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नदी किनार व्यवस्थापनमा ५० लाख बढी लगानी गर्दै रेड रक

दोस्रो नारायणी महोत्सवको तयारी तीव्र, मुख्य आकर्षण ५० फिट अग्लो प्रवेशद्वार
प्रकाशित मिति : २०८३ कार्तिक १६ गते
डोजर प्रयोग गरेर नदी किनारलाई सम्याउने काम गरिँदै । Photo : Bina Tamang / newsprabah

भरतपुर । चितवनमा दोस्रो नारायणी महोत्सवलाई भव्य र आकर्षक बनाउने तयारी तीव्र पारिरहेका महोत्सव आयोजक रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.ले नारायणी नदी किनारको पुनःस्थापना तथा व्यवस्थापनमा ५० लाख रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । आउँदो महिनाको मंसिर २ गतेदेखि १७ गतेसम्म हुन गइरहेको महोत्सवको मुख्य आकर्षणका रूपमा ६० फिट अग्लो पिरामिड शैलीको प्रवेशद्वार निर्माण गर्ने तयारी गरिएको छ ।

भदौ १० गते आएको भोटेकोशीको बाढीबाट क्षतिग्रस्त नारायणी नदी किनारको सरसफाइ, सम्याउने तथा पुनःस्थापनाको काम रेड रक इभेन्ट्सले आफ्नै लगानीमा अघि बढाएको हो । प्रारम्भिक अनुमानअनुसार नदी किनार व्यवस्थापनका लागि ५० लाख रुपैयाँभन्दा बढी खर्च हुने प्रा.लि.का अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए ।

अध्यक्ष क्षेत्रीले पत्रकारहरूसँग आफ्नो धारणा सार्वजनिक गर्दै सम्बन्धित निकायबाट आवश्यक पूर्वस्वीकृति र समन्वयका आधारमा महोत्सवको तयारीसँगै नदी किनार व्यवस्थापनको काम भइरहेको बताए ।

सार्वजनिक प्रयोगमा आउने नदी किनारलाई निजी क्षेत्रले आफ्नै लगानीमा व्यवस्थित गर्न खोज्दा सहयोग र प्रोत्साहन हुनुपर्नेमा विभिन्न आरोप तथा विरोधका अभिव्यक्ति आउनु दुःखद भएको उनले बताए । नारायणी नदी किनारलाई सधैँ अव्यवस्थित अवस्थामा छाड्ने कि दीर्घकालीन योजनासहित संरक्षण र व्यवस्थापन गर्ने भन्ने विषयमा गम्भीर बहस आवश्यक रहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

६० फिट अग्लो पिरामिड शैलीको प्रवेशद्वार बनाइँदै
दोस्रो नारायणी महोत्सवलाई यसपटक थप भव्य र विशिष्ट बनाउने तयारी गरिएको छ । महोत्सवस्थलमा करिब ५० फिट चौडाइ, ६० फिट उचाइ र ५० फिट गहिराइको पिरामिड शैलीको आकर्षक प्रवेशद्वार निर्माण गर्न लागिएको अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

विशाल र कलात्मक स्वरूपमा निर्माण गरिने उक्त प्रवेशद्वार महोत्सवको मुख्य आकर्षण बन्ने आयोजकको अपेक्षा छ । यसले महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै महोत्सवलाई छुट्टै पहिचान दिने विश्वास गरिएको छ ।

महोत्सवलाई व्यापारिक मेलामा मात्र सीमित नराखी स्थानीय व्यापार, पर्यटन प्रवर्द्धन तथा चितवनको पहिचान विस्तार गर्ने माध्यमका रूपमा विकास गर्न खोजिएको उनले बताए ।

चितवनको पर्यटन सौराहासँग जोडिएजस्तै नारायणी नदी किनारलाई पनि व्यवस्थित, सुन्दर र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनको विश्वास छ ।

नदी किनारको पुनःस्थापना र महोत्सवको आयोजनालाई सँगसँगै अघि बढाइएको यस पहलले नारायणी तटीय क्षेत्रको सौन्दर्यीकरण, स्थानीय व्यापारिक गतिविधिको विस्तार र चितवनको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.63
152.23
European Euro
1
169.86
170.54
UK Pound Sterling
1
203.66
204.47
Swiss Franc
1
184.64
185.38
Australian Dollar
1
106.61
107.03
Canadian Dollar
1
108.63
109.06
Singapore Dollar
1
118.73
119.20
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.40
40.56
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.50
4.52
UAE Dirham
1
41.29
41.45
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.36
11.40
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
22.73
22.82
Hong Kong Dollar
1
19.33
19.41
Kuwaity Dinar
1
491.91
493.85
Bahrain Dinar
1
401.62
403.20
Omani Rial
1
393.83
395.39