Opens in a new tab
२०८३ कार्तिक १९, बुधबार
November 4, 2026
२०८३ कार्तिक १९, बुधबार
November 4, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भोलिदेखि राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप, ४३ खेलाडीको सहभागिता

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते
AI

कास्की / पोखरामा प्रथम संस्करणको राष्ट्रिय जुनियर टेनिस च्याम्पियनसिप–२०२६ आयोजना हुने भएको छ । गण्डकी प्रदेश टेनिस सङ्घको आयोजनामा यही कात्तिक १८ देखि २१ गतेसम्म पोखरा रङ्गशाला टेनिस कम्प्लेक्समा सञ्चालन हुने प्रतियोगितामा देशभरबाट गरी ४३ जना खेलाडी सहभागी हुँदैछन् ।

नेपाल टेनिस सङ्घको स्वीकृति तथा कास्की जिल्ला टेनिस सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा आठदेखि १८ वर्षमुनिका ‘गल्र्स’ तथा ‘ब्वाइज’ खेलाडीले विभिन्न उमेर समूहमा ‘सिङ्गल्स’ र ‘डबल्स’ विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका विजेतालाई आकर्षक उपहार प्रदान गरिनेछ ।

“राष्ट्रियस्तरमा प्रतिभाशाली जुनियर खेलाडीको पहिचान, टेनिस खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो”, प्रतियोगिता संयोजक गुरुङले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

सङ्घले स्थापनाकालदेखि नै जुनियर टेनिस प्रशिक्षण र खेलाडी उत्पादनलाई प्राथमिकता दिँदै आएको छ । सङ्घका अनुसार तीन वर्षको अवधिमा एक दर्जनभन्दा बढी खेलाडी राष्ट्रिय जुनियर वरियतामा पर्न सफल भएका छन् भने केही खेलाडीले नेपालको प्रतिनिधित्व गर्दै अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।

जुनियर टेनिस प्रशिक्षणलाई व्यवस्थित बनाउँदै विभिन्न विद्यालयमा समेत प्रशिक्षण सञ्चालन गरिरहेको सङ्घले प्रतिभावान् बालबालिकाको पहिचान, गुणस्तरीय प्रशिक्षण र प्रतियोगितामा सहभागिताको अवसरमार्फत राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको आयोजक गण्डकी प्रदेश टेनिस सङ्घका अध्यक्ष विनोद कायस्थले बताउनुभयो ।

“पोखरालाई टेनिस खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित यो प्रतियोगिता हुँदैछ । यसबाट टेनिस खेल विकास तथा क्षमतावान् खेलाडी पहिचान र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” अध्यक्ष कायस्थले भन्नुभयो ।

प्रतियोगिताको मुख्य प्रायोजन ट्रयाङक्युलिटी स्पाले गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताले जुनियर खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्नुका साथै राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक अनुभव हासिल गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । पोखरामा विभिन्न समयमा हुने टेनिसका प्रतियोगिताले खेलाडीले आफ्नो खेल कौशल प्रदर्शनको अवसर पाउँदै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.55
152.15
European Euro
1
170.01
170.68
UK Pound Sterling
1
203.41
204.22
Swiss Franc
1
184.60
185.33
Australian Dollar
1
106.40
106.82
Canadian Dollar
1
108.51
108.94
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.80
22.89
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
41.26
41.42
Malaysian Ringgit
1
37.23
37.38
South Korean Won
100
11.29
11.34
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.31
19.39
Kuwaity Dinar
1
491.81
493.75
Bahrain Dinar
1
401.46
403.05
Omani Rial
1
393.62
395.18