Opens in a new tab
२०८३ कार्तिक २१, शुक्रबार
November 6, 2026
२०८३ कार्तिक २१, शुक्रबार
November 6, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तिहार पर्व आजदेखि सुरु, आइतबार लक्ष्मीपूजा

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते
AI

महोत्तरी / नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ ।

चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ । मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझपख दीपमालिका गर्दै घरमा धातुका नयाँ भाँडा वा गरगहना किनेर पूजा गरिने चलन छ ।

आज सूर्योदय हुँदा द्वादशी तिथि रहे पनि मध्याह्नअघि नै त्रयोदशी लाग्ने भएकाले धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए । मिथिला क्षेत्रमा दिन, नक्षत्र, तिथिको निक्र्योल, चाडबाड, तिथिश्राद्ध र शुभकार्य मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गरिने प्रचलन छ ।

मिथिला क्षेत्रमा बोलीचालीमा दिवाली भनिने दीपावली पर्वको पहिलो दिन धनधान्यकी देवी लक्ष्मीलाई प्रशन्न गराउन धातुका गहना र भाँडा किनेर घरमा लक्ष्मी स्थापना गरी धनतेरस मनाइने मैथिल परम्परा छ । घरघरमा दीपमालिका गरेर पर्व प्रारम्भ गरिन्छ ।

- ADVERTISEMENT -

Advertisement

धातुका सामान (भाँडाकुँडा र गहना), खरेटो, धनियाँसहितका सामग्री धनतेरसका दिन नयाँ किन्ने प्रचलन छ । आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी तिथि सुरु भएर भोलि शनिबार बिहान १० बजेर ४७ मिनटसम्म रहने पञ्चाङ्गलाई उद्धृत गर्दै पण्डित झाले स्पष्ट पारे । त्रयोदशीकै दिन गरिने कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ ।

दीपावली पर्व आगामी बुधबार मैथिल परम्पराअनुसार भैयादूज मनाइएर सम्पन्न गरिने छ । पञ्चाङ्ग आइतबार बिहान चतुर्दशी तिथिमा कुकुर पूजा र त्यसै दिन साँझ लक्ष्मीपूजा गरिने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.87
151.47
European Euro
1
169.46
170.13
UK Pound Sterling
1
203.11
203.92
Swiss Franc
1
184.60
185.33
Australian Dollar
1
105.79
106.21
Canadian Dollar
1
108.11
108.54
Singapore Dollar
1
118.17
118.64
Japanese Yen
10
9.53
9.57
Chinese Yuan
1
22.62
22.71
Saudi Arabian Riyal
1
40.19
40.35
Qatari Riyal
1
41.39
41.55
Thai Baht
1
4.51
4.53
UAE Dirham
1
41.07
41.24
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
11.25
11.29
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.67
22.76
Hong Kong Dollar
1
19.23
19.31
Kuwaity Dinar
1
490.08
492.03
Bahrain Dinar
1
399.89
401.48
Omani Rial
1
391.85
393.41