Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
November 18, 2026
२०८३ मंसिर ३, बुधबार
November 18, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकार महासंघ आन्दोलनमा

मंसिर २ देखि चरणबद्ध कार्यक्रम घोषणा
प्रकाशित मिति : २०८३ मंसिर २ गते

काठमाडौं / प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले अनुदार व्यवहार देखाएको भन्दै नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउने घटनामा कारबाही नभएको भन्दै महासंघले आन्दोलन घोषणा गरेको हो ।

त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउँदै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारण बनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिअनुसार आन्दोलनका कार्यक्रम मंसिर २ गतेदेखि सुरु हुनेछन् ।

- ADVERTISEMENT -

Advertisement

घोषित कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ ।

त्यसैगरी मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग छलफल गर्ने, मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

मंसिर ९ गते जिल्ला शाखाको आयोजनामा सबै जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने महासंघले जनाएको छ ।

महासंघले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने चेतावनीसमेत दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.98
150.58
European Euro
1
165.11
165.77
UK Pound Sterling
1
197.78
198.57
Swiss Franc
1
178.47
179.19
Australian Dollar
1
101.27
101.68
Canadian Dollar
1
104.99
105.41
Singapore Dollar
1
116.34
116.81
Japanese Yen
10
9.40
9.44
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
39.96
40.12
Qatari Riyal
1
41.15
41.31
Thai Baht
1
4.42
4.44
UAE Dirham
1
40.84
41.00
Malaysian Ringgit
1
36.63
36.77
South Korean Won
100
11.24
11.28
Swedish Kroner
1
14.88
14.94
Danish Kroner
1
22.09
22.17
Hong Kong Dollar
1
19.12
19.19
Kuwaity Dinar
1
485.69
487.63
Bahrain Dinar
1
397.61
399.20
Omani Rial
1
389.54
391.10