Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
November 20, 2026
२०८३ मंसिर ५, शुक्रबार
November 20, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आदिवासी जनजातिको अभिभावकत्व लिन तयार छु – मन्त्री तामाङ

दोस्रो नारायणी महोत्सव आजदेखि सुरु, महोत्सवमा सहभागी भई सफल बनाउन सबैलाई आग्रह
प्रकाशित मिति : २०८३ मंसिर ४ गते

चितवन / बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले आदिवासी जनजाति महासंघको अभिभावकत्व लिन आफू तयार रहेको बताएका छन् । जनजाति समुदायले भोग्दै आएका समस्या र असहजतालाई सहज बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नीतिगत माग र स्पष्ट प्रस्तावसहित आउन आग्रह गरे ।

चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा सुरु भएको नारायणी महोत्सव २०८३ को उद्घाटन गर्दै मन्त्री तामाङले जनजाति समुदायका माग र समस्यालाई सम्बोधन गर्न आफूले पहल गर्ने बताए । नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने विषय प्रस्तावका रूपमा ल्याउन आग्रह गर्दै उनले त्यसलाई आवश्यकताअनुसार अघि बढाउने प्रतिबद्धता जनाए ।

मन्त्री तामाङले बाढीका कारण क्षतविक्षत बनेको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव आयोजना गरेको भन्दै प्रशंसा गरे । स्थानीय संस्कृति संरक्षण र प्रवर्द्धनमा महोत्सवले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले सफलताको शुभकामना दिए ।

बाढीका कारण नारायणी नदी किनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका थिए । महोत्सव आयोजना गर्नुअघि आयोजकले आफ्नै स्रोत, साधन र लगानीमा नदी किनार सम्याएर परिसरलाई व्यवस्थित र सुरक्षित बनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रालिका अध्यक्ष विक्कल क्षेत्रीले यस वर्षको महोत्सवलाई नवीन, आकर्षक र मनोरञ्जनात्मक बनाउन विभिन्न विशेष संरचना तथा गतिविधि समावेश गरिएको बताए । महोत्सवको प्रवेशद्वारमा पिरामिड शैलीको आकर्षक गेट निर्माण गरिएको छ भने नारायणी नदी र आसपासको प्राकृतिक सुन्दरता आकाशबाट अवलोकन गर्न हट एयर बेलुनको व्यवस्था गरिएको छ ।

त्यस्तै, जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल र गतिविधि सञ्चालन गरिएका छन् ।

महोत्सवमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न परिकारको व्यवस्था गरिएको छ । यसले स्थानीय व्यवसायी तथा उद्यमीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्नुका साथै स्थानीय संस्कृतिको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारी व्यवस्थापन, पार्किङ, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ ।

महोत्सव प्रवेशका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । केही दिन साँझ ५ देखि ९ बजेसम्म विशेष कन्सर्टसमेत आयोजना हुनेछ । कन्सर्ट जोनमा प्रवेशका लागि साधारण टिकट ३०० र भिआइपी टिकट ५०० रुपैयाँ तोकिएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने नियमित टिकटमै महोत्सव अवलोकन गर्न पाउनेछन् ।

महोत्सवमा सहभागी भई सफल बनाउन संयोजक क्षेत्रीले सबैलाई आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.21
149.81
European Euro
1
163.75
164.41
UK Pound Sterling
1
196.53
197.32
Swiss Franc
1
177.22
177.93
Australian Dollar
1
100.40
100.80
Canadian Dollar
1
104.22
104.64
Singapore Dollar
1
115.71
116.18
Japanese Yen
10
9.37
9.41
Chinese Yuan
1
22.39
22.48
Saudi Arabian Riyal
1
39.77
39.93
Qatari Riyal
1
40.94
41.10
Thai Baht
1
4.39
4.41
UAE Dirham
1
40.63
40.79
Malaysian Ringgit
1
36.25
36.40
South Korean Won
100
11.20
11.25
Swedish Kroner
1
14.70
14.76
Danish Kroner
1
21.91
22.00
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
483.04
484.98
Bahrain Dinar
1
395.52
397.11
Omani Rial
1
387.55
389.11