२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रधानपञ्चदेखि मेयरसम्म बनेका पियाको निधन

प्रकाशित मिति : २०७७ आश्विन २१ गते

चितवन / तत्कालीन भरतपुर नगर पञ्चायतका प्रधानपञ्च एवं भरतपुर नगरपालिकाका पूर्वमेयर हिमबहादुर पियाको निधन भएको छ । दम, उच्चरक्तचापलगायतका रोगबाट ग्रस्त पियाको मंगलबार राति ८१ वर्षको उमेरमा निधन भएको हो । पियाको मृत्युपछि गरिएको पिसिआर परीक्षणको नतिजा पोजिटिभ आएको छ ।
तनहूँको बन्दीपुर १९९६ सालमा पिता हरिप्रसाद पिया र माता जौकुमारी पियाको सन्तानका रुपमा जन्मिएका पिया २००९ सालमा बसाइँ सरेर चितवन आएका थिए । भरतपुर नगरपालिका २, क्षेत्रपुर निवासी पियाको चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत अवस्थामा निधन भएको हो । दिवंगत पियाका तीन छोरी र तीन छोरा छन् ।
सम्मानमा महानगरपालिका कार्यालय बन्द
भरतपुरका पूर्वमेयर पियाको निधनप्रति दुःख व्यक्त गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले बुधबार शोक वक्तव्य जारी गरेकी छन् ।
शोक वक्तव्यमा भनिएको छ, ‘समाजसेवी एवं विकासप्रेमी हिमबहादुर पिया कुशल नेता तथा इमान्दार जनप्रतिनिधि हुनुहुन्थ्यो । उहाँ २०४३ सालमा भरतपुर नगर पञ्चायतको प्रधानपञ्च र बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पश्चात् २०५४ सालमा भरतपुर नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको थियो ।
भरतपुर लगायत समग्र चितवनको विकासमा अग्रणी भूमिका निर्वाह गर्नुभएका पिया नेपाल रेडक्रस सोसाइटी, बालकुमारी माध्यमिक विद्यालय लगायतका अन्य सामाजिक संघ–संस्थाहरुमा आवद्ध रही समाजसेवामा सधैं अग्रसर हुनुहुन्थ्यो । भरतपुर महानगरको विकासमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै उहाँलाई भरतपुर महानगरपालिकाले सधैं स्मरण गरिरहनेछ ।’
यसैबीच, भरतपुर महानगरपालिकाले पूर्वमेयर पियाको सम्मानमा बुधबार भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द गरेको छ । भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले बुधबार सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै बुधबार एक दिन भरतपुर महानगरपालिका र मातहतका कार्यालय बन्द रहने जानकारी दिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72