२०८३ श्रावण ११, सोमबार
July 27, 2026
२०८३ श्रावण ११, सोमबार
July 27, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लकडाउन र निषेधाज्ञाले कुखुराजन्य व्यवसाय प्रभावित – अध्यक्ष केसी

प्रकाशित मिति : २०७७ आश्विन २३ गते

चितवन / लकडाउन र निषेधाज्ञाले कुखुराजन्य व्यवसाय प्रभावित बनेको नेपाल अण्डा उत्पादक संघले जनाएको छ । संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले लकडाउन र निषेधाज्ञाले अण्डा उत्पादनमा गिरावट आउनुका साथै कतिपय व्यवसायी पलायन भएको बताए ।
अध्यक्ष केसीका अनुसार प्रारम्भिक चरणमा गरिएको लकडाउनमा कारोवार ठप्प जस्तो भएको र किसानले धान्न नसकेर कुखुरा बेचेको छ । उनले भने पहिले सामान्य अवस्थामा दैनिक ३५ देखि ३६ लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले २५ देखि २६ लाख मात्रै अण्डा उत्पादन हुने गरेको बताए । अण्डाको खपत भने राम्रो भएको, माग बढ्दो, मानिसहरु घरमै बसेका कारण पनि अण्डाको खपत बढेको उहाँको भनाइ छ ।
यसबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा एक लाख जनाले रोजगारी पाइरहेको उनले बताए । नेपाल कुखुरा व्यवसायी मञ्चले नेपालमा ब्रोइलर चल्ला प्रति हप्ता ३५ लाख गोटा, लेयर्स चल्ला प्रति हप्ता दुई लाख गोटा, मासु दैनिक सात लाख केजी र दाना दैनिक २८ सय मेट्रिक टन उत्पादन भइरहेको जनाएको छ । जुन अनुपात कोरोना संक्रमणअघि निकै धेरै रहेको थियो ।
पाँच वर्ष अघिदेखि नेपालमा विश्व अण्डा दिवस मनाउन थालिएको यो दिवसमा यसवर्ष कुनै कार्यक्रम आयोजना गरिएको छैन । विश्वभर कुखुरापालन व्यवसायको विकाससँगै विश्वभरका पोल्ट्री व्यवसायीहरुको सन् १९९६ मा इन्टरनेसनल एग कमिशन स्थापना गरी हरेक वर्ष अक्टुवर महिनाको दोस्रो शुक्रबार विश्व अण्डा दिवस मनाउन सुरु गरिएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09