नारायणगढ । शहीदचोकमा अवस्थित नारायणी मोटर्सले १२५ सीसीको पल्सर मोटरसाइकल बिहीबारदेखि बिक्री सुरु गरेको छ । दुई पाङ्ग्रे सवारी साधनमा बजाज कम्पनीले १२५ सीसी को पल्सर मोटरसाइकल पहिलोपल्ट उपलब्ध गराएको हो । नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले पुराना ग्राहक तोयानाथ पन्त र अच्युत अधिकारीबाट मोटरसाइकलको बिक्री शुभारम्भ गरेको बताए ।
फोर स्ट्रक इन्जिनमा उपलब्ध पल्सरले ५५ किलोमिटर माइलेज दिने मोटर्सका सिनियर सेल्स अफिसर हरेराम खरेलको भनाइ छ । मोटरसाइकलमा १२ लिटरको पेट्रोल ट्याङ्की रहेको छ, १४० किलो तौल भएको मोटरसाइकलको अगाडि डिस्क ब्रेक जडान छ । मोटरसाइकलमा एन्टी स्कीड ब्रेक सिस्टम भएकाले पछाडिको ब्रेक लगाउँदा अगाडिको ब्रेक आफैँ लाग्ने बनाइएको छ ।
मोटरसाइकलमा पाँच गियर क्षमता रहेकाले पाँचौ गियरमा आरामदायी यात्रा गर्न सकिने खरेलले बताए । कम्पनीले मोटरसाइकलको खरिदमा विभिन्न उपहार योजना समेत ल्याएकोले मोटरसाइकलको खरिदमा स्क्र्याच कुपन मार्फत १० हजार रुपैयाँसम्म जित्न सकिने चुकेले जानकारी दिए । बजाज कम्पनीका जुनसुकै मोटरसाइकलको खरिदमा हरेक दिन लक्की ड्र मार्फत सामसुङ कम्पनीको एलसीडी टीभी, वासिङ मेसिन, मोबाइललगायतका उपहारहरु प्रदान गरिने उनले भने ।
दुई लाख २४ हजार नौ सय रुपैयाँ मूल्य रहेको १२५ सीसीको पल्सर मोटरसाइकलमा फाइनान्सको सुविधा समेत उपलब्ध रहेको मोटर्सका फाइनान्स अफिसर रिचेन पण्डितले जानकारी दिए । पण्डितकाअनुसार ४० प्रतिशत डाउनपेमेन्ट गरेको अवस्थामा फाइनान्समा मोटरसाइकल उपलब्ध गराइने छ ।
- ADVERTISEMENT -

१२५ सीसीको पल्सर मोटरसाइकल बिक्री सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96













