२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा चोरी बढ्दै, चार महिनामा ३९ पक्राउ

प्रकाशित मिति : २०७७ कार्तिक २५ गते

चितवन / चितवनमा पछिल्लो समय दिनहुँ चोरीका घटना बढ्दै गएको प्रहरीले जनाएको छ । पछिल्लो समय कोरोना कहरका कारण धेरैको रोजगारी गुमेको र विभिन्न कारणले चोरीका घटना बढेको हुन सक्ने प्रहरीको अनुमान छ ।
प्रहरीका अनुसार चालु आ व २०७७÷७८ को चार महिनामा मात्रै विभिन्न २७ वटा चोरीका घटना दर्ता भएका छन् । सोही आधारमा चोरीमा संलग्न ३९ जना व्यक्तिलाई पक्राउ समेत गरिसकेको बताएका छन् ।
पक्राउ पर्नेहरुमा ३८ जना पुरुष र एक जना महिला रहेका छन् । जसमध्ये प्रहरीले मोटरसाइकल चोरी मुद्दामा मात्रै ११ जनाविरुद्ध मुद्दा चलाएको छ भने नगद धनमाल तथा गरगहना चोरीका मुद्दामा १६ जनाविरुद्ध मुद्दा चलाइएको जानकारी दिएको छ । आव २०७६÷७७ मा जम्मा ५८ वटा मात्रै चोरी मुद्दा दायर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तीराज गुरुङले रातिको समयमा भन्दा दिउँसोको समयमा नै बढी चोरी हुने गरेको बताएका छन् । दिउँसो घरमा कोही नभएको अवस्था पारेर धेरै चोरी हुने गरेको उनले भने ।
उनका अनुसार दिनदहाडै चोरीका घटना बढ्दै जाँदा सिँगो जिल्लामा नै सुरक्षा चुनौति थपिदै गएको हो । चोरीका घटना हुने क्षेत्रमा निगरानी बढाउने, टोल टोलमा सचेतना जगाउने लगायतका कामहरु समेत निरन्तर गरिरहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20