२०८३ श्रावण ४, सोमबार
July 20, 2026
२०८३ श्रावण ४, सोमबार
July 20, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

धर्म संरक्षणका निम्ति तामाङ समुदाय गुम्बा निर्माणमा जुट्दै

प्रकाशित मिति : २०७६ कार्तिक २५ गते
भरतपुर–३, नगरवन वरपरका ९० तामाङ घरधुरीद्वारा निर्माण गरिएको बुद्धको प्रतिमा ।

–बबिलाल तामाङ
नारायणगढ । नारायणगढ नगरवन आसपासका तामाङ समुदाय धर्म–संस्कृति संरक्षणका लागि गुम्बा निर्माणमा जुटेका छन् । यहाँका तामाङ समुदाय परम्परागतरुपमा मनाउँदै आइएको धर्मको संरक्षण र संवद्र्धनका लागि गुम्बा निर्माणमा जुटेका हुन् ।
समाजमा देखिएको बढ्दो धर्म परिवर्तनले बुद्धधर्म संकटमा पर्नसक्ने सम्भावना देखेपछि नेपाल बौद्धिष्ट समाजसेवाले भरतपुर महानगरपालिकासँग समन्वय गरेर वडा नं ३, नगर वनमा गुम्बाको संरचनासमेत निर्माण गरिरहेको छ  ।
‘समाजले ‘छेकु वाङ टुल गुम्बा’ निर्माण गर्दैछ’, समाजका अध्यक्ष आसमान तामाङले भने, ‘समाजको उद्देश्य पूरा गर्नका लागि सबैको सहयोग आवश्यक छ ।’ अहिलेसम्म साढे पाँच लाख रूपैयाँको लागतमा बुद्धको मूर्तिसहितको संरचना निर्माण गरिएको उनले बताए ।
समाजमा ९० घरधुरी सक्रिय छन् । ‘अहिलेसम्म व्यक्तिगत सहयोगबाट हामीले संरचना निर्माण गरेका हौँ’, उनले भने, ‘तामाङ समुदायमात्र नभई अन्य समुदायले पनि हामीलाई सहयोग गर्नुभएको छ ।’
विगत दुई वर्षदेखि संरक्षण गर्न लागिएको गुम्बाको संरचना निर्माण गर्न ३० जनाले रू पाँच हजारका दरले सहयोग गरेका छन् । तामाङ समुदायको संस्कृति, भेषभूषा, चाडपर्वलगायत अन्य कर्मकार्यका लागि पनि गुम्बा आवश्यक परेको हुँदा गुम्बा निर्माणमा जुटेको उनको भनाइ छ ।
‘नेपालमा सबै जातजातिको आफ्नै धर्म, संस्कार र चाडपर्व छन्, उनीहरुको मनाउने तरिका पनि आफ्नै किसिमको छ’, उनले भने, ‘हामीले पनि आफ्नो संस्कृति, भेषभूषा, चाडपर्व तथा कर्मकार्य गर्छौं । तर ठाउँ छैन, त्यसैले हाम्रो लागि पनि गुम्बाको अनिवार्य आवश्यकता महसुस गरेर गुम्बा निर्माण गर्न लागेका हौँ ।’ समाजले लिएको लक्ष्यअनुसारको गुम्बा निर्माण गर्न कम्तीमा १० लाख रूपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको उनले बताए ।
विश्वसामु बुद्धधर्मको प्रचारप्रसार गर्नका लागि पनि गुम्बा निर्माण गर्न आवश्यक रहेको उनको बुझाइ छ । ‘हामी गुम्बाका लागि भोजाड, शारदानगर पुग्नुपर्ने बाध्यता छ’, उनले थपे, नारायणगढमै गुम्बा निर्माण गर्न सके त्यो समस्या हट्ने थियो ।’
गुम्बाको उद्देश्य
गुम्बा निर्माणपछि तामाङ जनसमुदायलगायत अन्य जातिमा बुद्धको ज्ञान र उपदेशलाई प्रचारप्रसार गर्ने लक्ष्य रहेको छेकु वाङ टुल गुम्बाका अध्यक्ष कीर्तिमान तामाङ बताउँछन् । गुम्बा निर्माणपश्चात् तामाङ जातिको संस्कृति संवद्र्धनलगायत विविध कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष तामाङले बताए ।
कतिपय तामाङहरुले आर्गुनको विषयमा राम्रो ज्ञान नभएको र उनीहरुलाई आर्गुन कसरी गर्ने भन्ने विषयमा समेत थाहा नभएकोले त्यस्ता व्यक्तिहरुलाई लक्षित गरेर काम गर्दै आएको अध्यक्ष तामाङको भनाइ छ ।
‘अहिलेको युवा पिँढीले आफ्नो संस्कृति भुल्न थालिसके’, उनले भने, ‘त्यसकारण यसको जगेर्नाको लागि पनि हामीले गुम्बा निर्माण गर्न जरूरी भएको छ ।’ सुरूवात आफैँबाट गर्नुपर्छ भन्ने मान्यताका साथ भए पनि पाइला चाल्ने प्रयास गरिएको उनले बताए । ‘हामीले सुरू गरे सहयोगी हातहरु आउलान् भन्ने विश्वासका साथ अघि बढेका छौँ’, उनले भने, ‘सबैलाई गुम्बा निर्माणका लागि सहयोग गर्न अपिल गर्छौं ।’
खासगरी, पछिल्लो समय तामाङलगायतका बौद्धमार्गी समुदायले आफ्ना विभिन्न चाडपर्वहरु गुम्बामा मनाउने प्रचलन बढ्दै गएको छ । अहिले पनि गुम्बामा हरेक दिन आफ्ना पितृहरुको सम्झनामा बत्ती बाल्ने गरिन्छ ।
यसरी बत्ती बाल्दा पितृहरुको आत्माले शान्ति पाउँछ भन्ने बौद्धमार्गीहरु विश्वास गर्छन् । त्यसैले पनि गुम्बा आवश्यक परेको उनको भनाइ छ । विशेषगरी, तामाङ समुदायहरु औँशी तिथिमा बत्ती बालेर आफ्ना पितृहरुलाई सम्झने गर्दछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.89
176.58
UK Pound Sterling
1
206.88
207.68
Swiss Franc
1
190.44
191.18
Australian Dollar
1
107.36
107.78
Canadian Dollar
1
109.66
110.09
Singapore Dollar
1
119.04
119.51
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.33
10.37
Swedish Kroner
1
15.94
16.00
Danish Kroner
1
23.53
23.62
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.74
409.33
Omani Rial
1
399.36
400.91