२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

पत्रकार पण्डितलाई धम्की दिनेलाई कारवाही गर्न माग

प्रकाशित मिति : २०७७ बैशाख १७ गते

भरतपुर\चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार सुवास पण्डितलाई धम्की दिनेलाई कानुनी कारवाही गर्न माग गरेको छ । अनलाइनखबर डटकम चितवनका संवाददाता पण्डितलाई धम्की दिनेलाई महासंघको बुधबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा महासंघका अध्यक्ष राधेश्याम खतिवडाले भरतपुर कोरोना अस्पतालको विषयमा प्रकाशित समाचारलाई लिएर पत्रकार पण्डिलाई कर्मचारी संगठनले नै कारवाही गर्ने धम्की दिएको प्रति खेद प्रकट गरेको छ ।
महासंघले धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारवाही गर्न, पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
विज्ञप्तीमा भनिएको छ– ‘अस्पतालका विषयमा प्रकाशित र प्रसारित समाचार र लेख्ने पत्रकारलाई लक्षित गरी अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ती नै निकालेर ‘समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरी आफैले आवश्यक कारवाही गर्ने’ चेतावनीसहित धम्की दिनु निन्दनीय र खेदजनक छ । प्रकाशित समाचार प्रति कुनै गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई धम्की दिनु आपत्तिजनक छ ।’
केही दिन अघि सिसिटिभी फुटेजसहित कोरोना अस्पतालकै कर्मचारीले रातीको समयमा स्टोरबाट सामग्रीहरु चोरी गरी बाहिर निकालिएको समाचार प्रकाशित भएको थियो ।
यस्तैगरी प्रेस संगठन नेपालले अनलाइन खबरका संवाददाता सुवास पण्डितलाई समाचार लेखेकै कारण कारण धम्की दिनेलाई कानुनी कारवाही गर्न माग गरेको छ । प्रेस र्सगठन नेपालद्वारा जारी विज्ञप्तिमा समाचारप्रति गुनासो भए कानुनी उपचारका मार्ग प्रशस्त हुँदाहुँदै पत्रकारलाई यसरी धम्की दिनु आपत्तिजनक रहेको भनिएको छ ।
त्यस्तै नेपाल प्रेस युनियन चितवनले समाचार लेखेकै कारण पत्रकार पण्डितलाई आएको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनद्वारा जारी विज्ञप्तिमा पत्रकारहरुलाई लक्षित गरी धम्की र गाली गलौचप्रति गम्भीर ध्यानाकर्षण भएको भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45