May 18, 2024

पुग्यो कोरोना संक्रमित ५ जना चितवनमा

May 22, 2020

भरतपुर, चितवन । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप दुई जना कोरोना संक्रमित फेला परेको पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका–६, गीतानगर निवासी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ ।
यसैगरी शुक्रबार नै नवलपुरको चोरमारा निवासी एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।
चितवनका संक्रमितहरु मध्ये एक जना ७४ वर्षीय पुरुष र अर्का ७३ वर्षीया महिला रहेका छन् भने चोरमाराका संक्रमित ४५ वर्षीय पुरुष हुन् ।
चितवनमा नयाँ संक्रमित संख्या थपिएसँगै संक्रमित संख्या ५ पुगेको छ । चितवनका संक्रमित मध्ये यसअघि दुई जना निको भएर घर फर्किसकेका छन् भने एक जना काठमाडौंमै उपचाररत रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -