२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

‘व्यवसाय संचालनका लागि वातावरण सहज बनाउनुपर्छ’ – युवा व्यवसायी थपलिया

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ ले सम्पूर्ण विश्वजगतलाई धराशायी बनाउँदै लगिरहेको छ । यो विषम परिस्थितिमा नेपाल पनि अछुतो छैन । नेपालमा कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरिरहेको छ । लकडाउनका कारण देशमा रहेका ठूलठूला कलकारखाना लगायत सानातिना व्यवसायीहरु सबै ठप्प छन् । लकडाउनले साना तथा ठूला सबै किसिमका व्यवसायीहरु प्रभावित भएका छन् । लकडाउनकै विषयमा आधारित रहेर कपडासँग सम्बन्धित टेलरिङ व्यवसाय संचालन गरिरहनु भएका बि हेन्सी टेलरिङ एण्ड सर्टिङ सुटिङका संचालक युवा व्यवसायी जनक थपलिया जसले छोटो समयमा नारायणगढ बजार तथा कावासोती नवलपुरमा समेत आफ्नो शाखा बिस्तार गर्न सफल हुनु भएको छ र उहाँसँगै रहेर न्यूजप्रवाह डटकमले गरेको छोटो कुराकानी :-

१) तपाईको परिचय दिनुहोस न सर ।
– मेरो नाम जनक थपलिया हो र म बि हेन्सी टेलरिङ एण्ड सर्टिङ सुर्टिङको संचालक ।

- ADVERTISEMENT -

Advertisement

२) लकडाउनले तपाईको टेलरिङ व्यवसायमा के कति असर पारेको छ ?
– पक्कै पनि कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण टेलरिङ मात्र नभएर सबै खाले व्यवसायीहरुलाई असर परेको छ । आज २ महिना बढी भएको छ लकडाउन भएको । व्यवसायमा गरिएको लगानी, लगानीको ब्याजको कुरा छ, घरभाडा जस्ता यी र यावत समस्याले निकै कठिन भइरहेको छ ।

३) यही क्रम जारी रहिरहे टेलरिङको भविष्य के होला ?
– यो लकडाउन जारी ररिरहे टेलरिङको भविष्य निकै गाह्रो हुने मैले देखेको छु । लगानी, ब्याजले व्यवसाय नै धराशायी हुने अवस्था देखेको छु । टेलरिङको भविष्य त आफ्नो ठाउँमा छ तर ठूलठूला उद्योग कलकारखानाहरुको हकमा भन्नुपर्दा ती सबै पलायन हुने निश्चित देखिन्छ । यसरी जाने हो देशको अर्थतन्त्र पूरै धराशायी हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

४) जारी लकडाउनका विषयमा तपाईले विकल्प के देख्नु भएको छ ?
– मलाई लाग्छ लकडाउन पनि गर्नु पर्छ । सरकारले गरेको यो लकडाउनले गर्दा नै आज नेपालमा संक्रमितको संख्या धेरै न्यून देखिएको छ । यसले महामारीको खासै ठूलो रुप लिएको छैन । यसको विषयमा भन्नुपर्दा लकडाउन केही खुकुलो गर्ने, सीमानाकाहरुमा चेकजाँच कडाई गर्ने, विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने छ । र व्यवसायहरु पनि संचालन गर्न दिनुपर्छ तर सामाजिक दूरी कायम गर्ने, अनिवार्य मास्क, सेनिटाइजरको प्रयोग गर्ने गरेमा पक्कै पनि दुबै समस्या समाधान हुने मैले देखेको छु ।

५) टेलरिङमा कार्यरत कर्मचारी र उनीहरुका विषयमा कसरीे तयारी गरिरहनु भएको छ ?
– मैले कर्मचारीहरुलाई उनीहरुको समस्या अहिलेसम्म त हल गर्दै आइरहेको छु । तर अवस्थामा केही फेरबदल नभएमा धान्न हम्मे हम्मे पर्ने स्थिति होला जस्तो लागिरहेको छ । किनकि आम्दानीको श्रोत नै ठम्प भएपछि कसरी धान्ने मैले ? त्यसैले यस विषयमा समयमै ध्यान पु¥याउन जरुरी भइसकेको छ ।

६) टेलरिङलाई प्रत्यक्ष असर परेको यो अवस्थामा सरकारलाई के भन्न चाहनुहुन्छ ?
– हो, अरु क्षेत्रहरुलाई जस्तै हाम्रो व्यवसायलाई प्रत्यक्ष असर पुगेको छ । पसल खोल्न पाइएको छैन । पसल खोल्न नपाइएपछि आम्दानीको श्रोत घट्छ । अघि मैले भने नि खर्च भएकाले सबै हल गर्न सक्ने अवस्था बिस्तारै कम हुँदै जान्छ । हालसम्मको अवस्थामासम्म हामीले टार्दै आउन सफल भएका छौं तर आगामी दिन गाह्रो हुने स्थिति देखेको छु । त्यै त सरकारलाई लकडाउन केही खुकुलो बनाउन अनुरोध गर्दछु र सबैले कोरोना भाइरस विरुद्ध बच्नका लागि सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गरी व्यापार व्यवसाय संचालन गर्न दिनुपर्छ ।

७) भावी दिनमा टेलरिङलाई सरकारले के गरी दिए हुन्छ जस्तो लाग्छ ?
– त्यसो त यो हाम्रो निजी लगानी हो, अरु क्षेत्र, व्यवसाय जस्तो हुँदैन । घाटा भएपनि फाइदा भएपनि आफैले बेहोर्नु पर्ने हुन्छ । हालको विषम परिस्थितिलाई सरकारले मध्यनजगर गर्दै भावी दिनमा वैकल्पिक उपाय खोजी व्यापार गर्न सहज वातावारण मिलाउनु पर्छ । कपडासँग सम्बन्धित व्यवसाय भएकाले देशको सानो उद्योग मध्ये पर्ने भएकाले यतातिर ध्यान दिनु पर्ने देखिन्छ ।

८) लकडाउनका विषय तथा कोरोना भाइरसको विषयमा आमजनतालाई के सुझाव दिन चाहनुहुन्छ ?
– विश्वभर फैलिरहेको यो कोरोना भाइरसले विश्वजगत नै त्रसित छ । हामीले सरकारले गरेको लकडाउनको पालना पनि गर्नुपर्छ । यो हाम्रै लागि हो र कोरोना भाइरसबाट बच्न सामाजिक दूरी अनिवार्य कायम गरौं । साबुन पानीले बेलाबेलामा हात धुने लगायत सेनिटाइजर प्रयोग गर्न सबैलाई आग्रह गर्न चाहन्छु ।

९) कोरोना भाइरस तत्कालै निर्मूल हुने अवस्था देखिँदैन, अबका दिनमा तपाईहरुले टेलरिङ पेशालाई कसरी लैजाँदा ठीक होला ?
– कोरोना भाइरसको समस्या तत्कालै हल हुने अवस्था देखिदैँन । किनकि विश्वव्यापी रुपमा यो फैलँदै गइरहेको छ । हालसम्म ५८ लाख बढी संक्रमित भइसकेको छ । नेपालमा पनि ९ सय बढीमा यो संक्रमण देखिएको छ । यो महामारी नियन्त्रणमा हामी सबैको उत्तिकै दायित्व महत्वपूर्ण छ । सबैले आफ्नो दायित्वलाई इमान्दारिपूर्वक पालना गर्नुपर्ने हुन्छ । र यो मेरो पेशालाई अब पहिलेको जस्तो सहज अवस्था हुन समय लाग्ने पक्का छ । अब आउँदा दिनहरुमा सामाजिक उत्तरदायित्व बहन गर्दै सबै खाले हुने जोखिमलाई ख्याल गर्दै अघि बढाउनु पर्ने हुन्छ ।

१०) मैले सोध्न छुटेका र तपाईलाई लागेको केही भए थप गर्न सक्नु हुनेछ ।
– देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ । कोरोना भाइरसबाट प्रत्येक व्यक्ति आक्रान्त भइरहेको बेला हामी सबैले आफू मात्र नभई सिंगो देशलाई बचाउन एकजुट हुनुपर्ने अवस्था छ । हामीले सच्चा नागरिक भएर आफू पनि बाँच्ने, अरुलाई पनि बचाउने र देशलाई नै बचाउने अभिभारा प्रत्येकमा आइपरेको छ । यो मनन् गर्न सबैलाई अनुरोध गर्न चाहन्छु । हाम्रो यो परीक्षाको घडी हो, यसमा हामी नचुकौँ र सच्चा नागरिकको भूमिका निर्वाह गरौं । र अन्तमा मेरो कुरा समाजसम्म पु¥याउने काम गर्नु भएकोमा न्यूजप्रवाह डटकम परिवारलाई धन्यवाद भन्न चाहन्छु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51