निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

संक्रमित बढेपछि माडी नगरपालिका ५ दिनका लागि सिल

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते
- ADVERTISEMENT -

माडी, चितवन । चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्म सिल गरिने भएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो ।
यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरुपमा बन्द गरिएको नगर प्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । जिल्लामा कोरोना संक्रमित बढ्नुको साथै माडी नगरपालिकामा नै संक्रमित देखा परेपछि यस्तो निर्णय गरिएको नगर प्रमुख ढकालले बताए ।
समितिको निर्णय अनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पो लगायतका सवारी साधन चलाउन पूर्ण रुपमा रोक लगाइएको हुँदा कुनै पनि बहानामा सवारी साधन चलाउन पाइने छैन ।
यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलहरु बाहेक अन्य संघ संस्था तथा पसलहरु पूर्णरुपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनु परेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुको साथै सामाजिक दुरी कायम गरी मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने, संघ सस्था तथा पसलहरुमा हात धुने व्यवस्था र सामाजिक दुरी कायम गर्ने गराउने निर्णय भएको छ ।
यस्तै स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको नगर प्रमुख ढकालले बताए ।
माडीमा पहिलोपटक सोमबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरु हाल भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48