January 13, 2025
- ADVERTISEMENT -

थप ११ भएसँगै गण्डकी प्रदेशमा पुगे ७५३ जना संक्रमित

June 25, 2020

पोखरा । गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, हेटौडामा गरिएको परिक्षणमा संक्रमण पोजेटिभ आएको हो ।
म्याग्दीका ६, स्याङ्जाका १, बाग्लुङका २ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २ जनामा संक्रमण देखिएको हो । नवलपरासीका सबै जनालाई आईसोलेसनमा राखिसकिएको छ भने अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा विनोद विन्दु शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -