January 15, 2025
- ADVERTISEMENT -

उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु

June 27, 2020

भरतपुर, चितवन / भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएका उनलाई भरतपुर अस्पतालको आईसोलेसनमा राखी उपचार गरिएको थियो ।
उनको उपचारका क्रममा शनिबार बिहान ९ वजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार कैलालीको लालगढ नगरपालिका वडा नम्बर ७ गोदावरीका ५० वर्षीय उनी उपचारका शिलशिलामा भारत गएका थिए ।
क्यान्सरको उपचारका लागि भारत गएका उनी फर्किएर आउने क्रममा स्वास्थ्यमा समस्या देखि पछि चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो । उपचारका क्रममा उनको स्वाब परिक्षण गरिएको थियो ।
भरतपुर कोभिड १९ प्रयोगशालाले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो । कोरोना पुष्टि गरेसँगै भरतपुर अस्पताल रिफर गरिएका उनको उपचारका क्रममा शनिबार मृत्यु भएको पौडेलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -