Opens in a new tab
२०८३ मंसिर १०, बुधबार
November 25, 2026
२०८३ मंसिर १०, बुधबार
November 25, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लसुन एक, चामत्कारिक फाइदा अनेक !

प्रकाशित मिति : २०७७ श्रावण ३ गते

काठमाण्डौं / लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । लसुनको केस्रा मात्र होइन हरियो पातले पनि तरकारी स्वादिलो बनाउने मात्र नभई पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ ।
लसुन प्राय हामीले दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गछौं । यसले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुर्याउँछ । नियमित लसुनको प्रयोग गर्नाले धेरै थरीका रोगहरुबाट छुट्कारा मिल्छ ।
हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिने लसुनले शरीरभित्र पैदा हुने अनेकौँ रोगहरुलाई नास गर्छ । यो धेरै प्रकारको रोगहरुको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ ।
केही खानुभन्दा पहिले लसुन खानुहुन्छ भने यसले तपाईंको ताकत बढाउने गर्दछ । लसुनमा एलिसिन भन्ने तत्वले रोग प्रतिरोधी क्षमता बढाउँछ । लसुन एकप्रकारको महत्वपूर्ण प्राकृतिक एन्टिबायोटिक हो । बिहान खाली पेटमा लसुन खानाले ब्याक्टेरिया ओभरएक्सपोज्ड हुने गर्दछ । लसुनको शक्तिले यस्ता ब्याक्टेरियाहरु आफ्नो रक्षा गर्न सक्दैनन् ।
लसुनको फाइदाहरु
१. उच्च रक्तचापबाट बचाउँछ लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित राख्नुको साथ साथै हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ ।
२. झाडा–पखाला कम गर्छ पेटसँग सम्बन्धित समस्याहरु जस्तै झाडापखाला आदिको उपचारमा पनि लसुन प्रभावकारी मानिन्छ ।
३. भोक बढाउँछ यसले पाचन प्रक्रियालाई उत्तेजित गरी भोक बढाउँछ । लसुनले तपाईंको तनावलाई पनि कम गर्ने गर्छ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिड बन्नबाट रोक्दछ ।
४. श्वास–प्रणालीलाई बलियो बनाउँछ लसुन श्वास प्रश्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली भूमिका खल्छ ।
५. क्षयरोगमा लाभकारी क्षयरोगमा लसुनमा आधारित यो उपचारलाई निकै लाभदायक मानिन्छ । एक दिनमा लसुनको पोटी पूरै खानुहोस् । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।
लसुनबाट वैकल्पिक उपचार ः
जब दुव्र्यसनी तथा कुलत छुटाउने कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवि र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सरसमेतको रोकथाममा पनि सहायक हुने गर्दछ । लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि दुर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन प्रभावकारी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।
लसुनको प्रयोग गर्दा सावधानी ः
यदि तपाईंलाई लसुनबाट कनै प्रकारको एलर्जी छ भने यी दुई कुरामा ध्यान दिनुहोस् ( कहिले पनि यसलाई काँचो नखानुहोस् । पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्न सक्छ । ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् ।
अन्त्यमा,
यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुँदै आएको लसुनमा औषधिय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले बिरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यस्तै, साउथ अष्ट्रेलिया विश्वविद्याललयेल गरेको अध्ययनले पनि नियमित लसुनको प्रयोगले ट्युमरको सम्भावनालाई एक तिहाईले घटाइदिने गर्छ । पछिल्लो समय जियान्सु प्रोभिनिकल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १ हजार ४ सय २४ जना फोक्सोका क्यान्सर भएका मानिस र ४ हजार ५ सय स्वस्थ्य व्यक्तिहरुमा यस्तो अध्ययन गरेको बताइएको छ । लसुनको प्रभावबारे गरिएको अध्ययनले विभिन्न रोगहरूको सम्भावनालाई कम गर्ने निष्कर्ष निकालिएको छ तर, पकाएको लसुनले भने काँचो लसुनको तुलनामा कम काम गर्ने एलोप्याथिक विशेषज्ञहरुको भनाई छ । त्यसैले लसुनको प्रयोग बढाउनुस् र स्वस्थ्य रहनुस ।
–हाम्रो डाक्टर न्यूजबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.16
162.82
UK Pound Sterling
1
193.82
194.60
Swiss Franc
1
176.38
177.09
Australian Dollar
1
98.33
98.72
Canadian Dollar
1
103.40
103.82
Singapore Dollar
1
114.91
115.38
Japanese Yen
10
9.30
9.34
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.87
Thai Baht
1
4.37
4.39
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
36.05
36.19
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
14.43
14.49
Danish Kroner
1
21.70
21.78
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
479.97
481.92
Bahrain Dinar
1
393.45
395.05
Omani Rial
1
385.34
386.90