December 4, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप चार कोरोना संक्रमित

July 20, 2020

चितवन । चितवनका थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
आज सोमबार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं.१६, २८, २० का २२ देखि ५५ वर्ष उमेर समूहका चार पुरुष रहेको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार संक्रमित सबै क्वारेन्टिनमा रहेका छन् । यससँगै चितवनमा कुल कोरोना संक्रमितको संख्या ११२ पुगेको छ ।

- ADVERTISEMENT -