मुग्लिन / अविरल वर्षाका कारण गत साउन ५ गते ठाउँ ठाउँमा गएको पहिरोले अवरुद्ध पारेको मुग्लिन र आसपासका क्षेत्रको विद्युत् सेवा अझै सुरु हुन सकेको छैन। धेरै ठाउँमा गएको पहिरोले विद्युत्को पोलहरु ढालेको र तारहरु चुडाएकोले विगत ४ दिन देखि अवरुद्ध विद्युत् सेवा अझै सुचारु हुन नसकेको हो।
अवरुद्ध विद्युत् सेवा मर्मत गरि सुचारु गराउने प्रयास भैरहेको मुग्लिन र आसपासका क्षेत्रमा विद्युत् वितरण तथा मर्मतको कार्य गर्ने मस्र्याङदी बहुद्देश्यीय सहकारी संस्थाका प्रबन्धक कुमार श्रेष्ठले बताउनुभयो। प्रबन्धक श्रेष्ठका अनुसार मुग्लिन देखि फिस्लिङसम्मको राजमार्ग क्षेत्रमा बुधबार रातीदेखि विद्युत् सुचारु गरिएको छ भने मुग्लिन देखि पाँचकिलो जलविरे क्षेत्रमा आज साँझसम्ममा विद्युत् सेवा सुचारु गर्ने गरि काम भैरहेको छ।
यस्तै गोरखाको मकैसिङ, भुम्लिचोक लगायत गोरखाका केहि क्षेत्रका साथै इच्छाकामनाका ग्रामिण भेगहरुमा विद्युत् सुचारु गर्न अझै केहि दिन लाग्ने उहाँले बताउनुभयो। त्यस क्षेत्रमा विद्युत् सेवा सूचारु गर्न जानेबाटोमा पहिरो भएका कारण प्राविधिकहरु जान र मतका सामाग्रीहरु लैजान असहज भैरहेको पनि प्रबन्धक श्रेष्ठले बताउनुभयो।
मुग्लिन र आसपासका क्षेत्रको विद्युत् सेवा अझै अवरुद्ध
July 23, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -