विरगञ्ज / कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्या ५५ पुगेको छ । वीरगञ्जमा थप तीन जनाको ज्यान गएसँगै मृतकको सङ्या ५५ पुगेको हा्े । दुई जनामा मृत्युपछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो भने कोरोना पुष्टि भएका एक भारतीय नागरिकको उपचारको क्रममा ज्यान गएको हो ।
उपचारको क्रममा ज्यान गुमाएका वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय युवा र सेवानिवृत्त ६५ वर्षीय कर्मचारीको पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको छ ।
३५ वर्षीय युवाको कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा र सेवानिवृत्त कर्मचारीको घरमै ज्यान गएको हो । ज्वरो आउने, श्वासप्रश्वासको समस्या लिएर मंगलबार कोभिड अस्पतालमा भर्ना भएका ती युवालाई स्वाबको नमुना लिएर इमर्जेन्सीमा भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा हिजो बिहीबार बेलुकी ज्यान गएको डाक्टर निरज सिंहले जानकारी दिनु भयो ।
ज्वरो आएपछि ती युवालाई साउन ५ गते क्लिनिकमा देखाइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई अस्पताल लगिएको थियो । अस्पतालले त्यसै दिन कोरोना अस्पतालमा रिफर गरेको थियो ।
उहाँको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायले बताउनुभयो । यस्तै हिजो बिहान घरमै मृत्यु भएका वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
कोरोना भाइरसको सङ्क्रमण मिल्दोजुल्दो लक्षण देखा परेको हुनाले घरका सदस्यले अस्पताललाई खबर गरेका थिए । अस्पतालको टोली गएर स्वाब संकलन गरेको थियो भने शवलाई नारायणी अस्पतालमा ल्याएर राखिएको थियो
यसैगरी कोरोना पुष्टि भएपछि उपचार गराइरहेका ५६ वर्षका भारतीय नागरिकको पनि राति ज्यान गएको गण्डक अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । साउनमा मात्र पर्सामा ज्यान जानेको संख्या ८ पुगेको छ ।
- ADVERTISEMENT -

कोरोनाको कारण थप तीनको मृत्यु, मृतक सङ्या पुगे ५५ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.71
149.31

European Euro
1
175.08
175.78

UK Pound Sterling
1
201.08
201.89

Swiss Franc
1
190.39
191.15

Australian Dollar
1
106.45
106.88

Canadian Dollar
1
108.65
109.09

Singapore Dollar
1
117.00
117.47

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.81
21.90

Saudi Arabian Riyal
1
39.65
39.81

Qatari Riyal
1
40.80
40.96

Thai Baht
1
4.63
4.65

UAE Dirham
1
40.49
40.65

Malaysian Ringgit
1
37.62
37.78

South Korean Won
100
10.11
10.15

Swedish Kroner
1
16.25
16.32

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
18.99
19.07

Kuwaity Dinar
1
485.43
487.38

Bahrain Dinar
1
394.30
395.89

Omani Rial
1
386.25
387.81













