भरतपुर । सेनाको कुटपिटबाट मृत्यु भएको भनिएका राप्ती नगरपालिका वडा नम्बर २ का राजकुमार चेपाङ्गको शव नउठाउने जनाएका छन् । चेपाङ्ग संघ केन्द्रीय समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी दोषीलाई कारवाही र घाइतेलाई निःशुल्क उपचार र पिडितलाई रु. दश लाख क्षतिको व्यवस्था नभएसम्म शव नउठाउने जनाएको हो ।
संघका केन्द्रीय अध्यक्ष तेजेन्द्र चेपाङ्गले हाम्रो माग सुनुवाई नहुँदासम्म शव नउठाइने जनाउनु भएको हो । संघले पूर्बी चितवनको राप्तीमा भएको घटना र माडीको कुसुमखोलामा भएको घटना प्रति खेद व्यक्त गरेको छ । केन्द्रीय समितिको बैठकले माडीमा भएको घटनाका पीडित परिवारलाई गाँस, बास, कपाससहित तत्काल पुनर्वास गरिनुपर्ने, चेपाङ्ग समुदायको घर आगजनी, भत्काउने, अन्नबाली नष्ट गर्ने गराउन निर्देशन दिने कर्मचारीलाई कारवाही गरियोस, चेपाङ्ग समुदायलाई स्थानान्तरण गर्दै परिवारलाई प्रशस्त मात्रामा जिविकोपार्जन गर्न सक्ने खालका बैकल्पिक व्यवस्थासहित पुर्नवास गरिनुपर्ने लगाएतका ६ वुद्धे माग राखेको छ ।
उचित क्षतिपूर्ति नभएसम्म शव नउठाउने : चेपाङ्ग संघ
July 31, 2020
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -