२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

२४ सय बढी मुद्दा एक वर्षमा फस्र्यौट : जिल्ला अदालत चितवन

प्रकाशित मिति : २०७७ श्रावण २१ गते
The building of the District Court Chitwan in Bharatpur on Friday. Cases related to divorce have been increasing every year. Photo:THT

चितवन / चितवन जिल्ला अदालतले एक वर्षको अवधिमा २४ सय भन्दा बढी मुद्दाहरु फस्र्यौट गरेको छ । गत आर्थिक वर्ष २०७६/७७ मा चितवन जिल्ला अदालतले दुई हजार चार सय आठ वटा मुद्दा फस्र्यौट गरेको जनाएको छ ।
चितवन जिल्ला अदालतका निमित्त स्रेस्तेदार हरिगोपाल ज्ञवालीकाअनुसार अदालतमा दर्ता भएका तीन हजार सात सय ८० मुद्दामध्ये एक हजार तीन सय ७२ मुद्दा फस्र्यौट हुन बाँकी रहेका छन् ।
गत आर्थिक वर्ष २०७५/७६ बाट जिम्मेवारी सरेर आएको एक हजार पाँच सय ६७ मुद्दामध्ये एक हजार तीन सय ३१ मुद्दा फस्र्यौट भएको ज्ञवालीलेले बताए ।
चितवन जिल्ला अदालतमा आर्थिक वर्ष २०७६/७७ मा दुई हजार दुई सय १३ वटा नयाँ मुद्दा दर्ता भएका थिए ।
नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ७७ वटा मुद्दा फस्र्यौट भएको भन्दै निमित्त स्रेस्तेदार ज्ञवालीले आर्थिक वर्ष २०७६/७७ को जिम्मेवारी सरेर एक हजार एक सय ३६ मुद्दा चालु आर्थिक वर्ष २०७७/७८ का लागि आएको जानकारी दिए ।
अदालतमा प्रकृयाको क्रममा रहेका दुई वर्ष नाघेका आठ वटा मुद्दाहरु रहेका ज्ञवालीको भनाइ छ । त्यस्तै गत आर्थिक वर्षमा सम्बन्धविच्छेद सम्बन्धी सात सय पाँच वटा मुद्दा दर्ता भएकोमा चार सय ७९ वटा फस्र्यौट गरिएको निमित्त स्रेस्तेदार ज्ञवालीले जानकारी दिए ।
महिलाको तर्फबाट चार सय ४२ तथा पुरुषको तर्फबाट दुई सय ६३ मुद्दा दर्ता भएकोमा दुई सय २६ वटा मुद्दा फैसला हुन बाँकी रहेको ज्ञवालीले बताए ।
गरिब, विपन्न, असहाय तथा अभिभावकविहिन व्यक्तिहरुकाको समेत न्यायमा पहुँच पु-याउने उद्देश्यले चितवन जिल्ला अदालतले वैतनिक वकिलको व्यवस्था गर्दै आएको छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण न्याय पाउनबाट बन्चित हुन नपरोस् भनेर अदालतले वैतनिक वकिलको व्यवस्था गरेको चितवन जिल्ला अलदातका निमित्त स्रेस्तेदार हरिगोपाल ज्ञवालीले बताए ।
नेपाल सरकारको सेवा सुविधा पाउनेगरि अदालतले राजपत्राङ्कीत तृतीय श्रेणी सरहको पदमा वैतनिक वकिलको व्यवस्था गरेको ज्ञवालीको भनाइ छ । गरिब तथा असहाय व्यक्तिको तर्फबाट निःशुल्क मुद्दा लड्नका लागि सरकारले नै वैतनिक वकिलको व्यवस्था गरेको हो ।
चितवन जिल्ला अदालतमा रहेका वैतनिक वकिल कृष्ण प्रसाद पन्तले आफूले आठ महिनाको अवधिमा एक सय ८१ वटा मुद्दा हेरेको बताए । गत वर्षको कात्तिक २१ देखि असार मसान्तसम्म एक सय ८१ मुद्दा हेरेको भन्दै पन्तले बढी मात्रामा फौजदारी अपराधजन्य मुद्दाहरुमा वहस र पैरवी गरेर पीडितलाई न्याय दिलाएको बताए ।
असहाय तथा गरिब प्रतिवादीको तर्फबाट निःशुल्क रुपमा बहस र पैरवी गर्दै उनीहरुको प्रतिरक्षा गर्नका लागि सरकारले वैतनिक वकिलको व्यवस्था गरेको हो ।
पन्तले लागु औषध, जबरजस्ती करणी, चोरी, सवारी ज्यान, कर्तव्य ज्यान जस्ता मुद्दा लागेका व्यक्तिहरुको बढी मुद्दा आफूले हेरेको बताए । वैतनिक वकिलको सुविधा लिनका लागि व्यक्तिले स्थानीय तहको सिफरिस लिएर आउनुपर्ने हुन्छ ।
स्थानीय तहले सिफारिस गरेर पठाएको व्यक्तिको मुद्दामा वकिल राख्नुपर्ने अवस्थामा अदालतल आफैले निःशुल्क रुपमा वैतनिक वकिलको व्यवस्था गर्दै आएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09