October 7, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मेयर दाहालसहित ११९ जनाको रिपोर्ट नेगेटिभ

August 6, 2020

चितवन / भरतपुर महानगरपालिकाकी मेयर रेनु दहालको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
आज (बिहीबार) भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा मेयर दाहालको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
चितवनमा पनि कोरोनाको उच्च जोखिम देखिएपछि मेयर दाहालले आज बिहान स्वाब दिएकी थिइन् ।
प्रयोगशालकी प्रमुख डा.अधिकारीले कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन गरिएको स्वाबको पनि रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् । केहीदिन अघि पूर्वीचितवनको खैरहनी–६ मा होम क्वारेन्टिनमै मृत्यु भएका व्यक्तिसंग रहेका पाँच जनाको स्वाब संकलन गरिएको थियो ।
प्रयोगशालामा आज कुल ११९ जनाको नमुना परीक्षण गरिएको थियो । हिजो गरिएको परीक्षणमा नारायणगढका एक पुरुषलाई कोरोना संक्रमण देखिएको थियो ।
–नारायणी अनलाइनबाट ।

- ADVERTISEMENT -