२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

दिनानुदिन संक्रमित बढेपछि भोलिदेखि भरतपुरमा निषेधाज्ञा

प्रकाशित मिति : २०७७ श्रावण ३० गते

भरतपुर । भरतपुर महानगरपालिकाभित्र आज राति (शुक्रबार) १२ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । भरतपुर आसपासमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि उक्त निर्णय गरेको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरुसँग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।
चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा कोरोना संक्रमित भेटिएका छन् । भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको स्वास्थ्य विज्ञहरुले बताएका छन् ।
निषेधाज्ञा जारीपछि महानगर क्षेत्रभित्र सार्वजनिक यातायात पूर्णरूपमा ठप्प हुने, उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाई गरिनेछ । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने छ ।
स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर मात्रै सञ्चालन गर्न पाइने चितवनका प्रजिअ भट्टराईले जानकारी दिनुभयो । निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने उहाँले बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45